शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान २० का वडा अध्यक्ष चौधरी पक्राउ
बैशाख ८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० बैशाख ८ - 
सिरहाको लहान नगरपालिका वडा न.२० का वडा अध्यक्ष गणेश चौधरी पक्राउ परेका छन्। चौधरीलाई ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएका छन्। वडाध्यक्ष चौधरीलाई लहानस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट आज दिउँसो करिब १  बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका थिए । गत चैत २६ गते ऋषिकेश महतोले वडाध्यक्ष चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गराएका थिए। सोहि जाहिरिको आधारमा महतोले ज्यान मार्ने उद्योगमा अदालतको परमादेश बाट मुदा दर्ता गराई पक्राउ पुर्जी जारि गरिएको आधारमा वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 
जाहेरीपछि चौधरी लुकिछिपी हिँडेको जानकारी प्राप्त भए पछि ऋषिकेश महतो लगायतकाहरुले चौधरीलाई पछ्याउदै राजश्व कार्यालयमा फेला पारि प्रहरीलाई जानकारी गराएको स्रोतको भनाई छ। वडा अध्यक्ष चौधरी माओवादी केन्द्रबाट २ पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले ५ दिनको म्यादथप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। घटना स्थानीय तहको निर्वाचनको बेलाको हो भनि बुझिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.