शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला ट्राफिक प्रहरी कार्यलयको "ट्राफिक सप्ताह शुरु
जेठ २, २०८० | फिरोज शेख

फिरोज शेख २०८० लहान जेठ २ - 
सिरहाको लहानमा सप्ताहव्यापी कार्यक्रम "ट्राफिक सप्ताह" सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम ट्राफिक सप्ताह हिजो बाट सुरु भएको हो । तपाई हाम्रो जिम्मेवारी,सरक्षित सवारी भन्ने नारा सहित यो सप्ताह सुरु भएको हो ।लहानमा सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न साताव्यापी कार्यक्रम सुरु भएको छ । लहान ८ रोड न.२ स्थित रौनियार सेवा सदनबाट र्‍याली निकाली लहान नगरप्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारि भोजराज खतिवडाको विशिष्ट आतिथ्यतामा नगर परिक्रमा गर्दै ट्राफिक सप्ताहको औपचारिक समुद्घाटन गरिएको छ ।

ट्राफिक सप्ताह  जेठ १  गते देखि ७ गते सम्म सवारी चालक तथा सह–चालकलाई जनचेतना अभिवृद्धि गराउने, सवारी साधनमा आवश्यक पर्ने कागजात सवारीको अवस्था र सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरूको विषयमा सडकमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने, पार्किङ व्यवस्थापन, विद्यालय तथा कलेजहरूका ट्राफिक नियाको बारेमा जनचेतना मूलक कार्यक्रम आयोजना गर्ने लगायत दुर्घटना न्यूनीकरण सम्बन्धमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने लगायत ट्राफिक सप्ताह कार्यक्रम अवधिभर विभिन्न ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेट वितरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख मिन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.