शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाले ल्यायो १ अर्ब १६ करोड २२ लाखको बजेट

12 Views

असाड ११, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असार ११ - 
नेपालमै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लागि १ अर्ब १६ करोड २२ लाख ८ हजार रुपैयाँको बजेट आइतबार प्रस्तावित गरेको छ ।नगरपालिकाको १२ औं नगरसभाले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ नारालाई मूल मन्त्रको रुपमा लिँदै नगरको विकासमा पाइला अगाडि सार्ने जमर्को गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए ।नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ लगायत आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउन स्थानीय उत्पादनलाई बढावा दिनेगरी बजेटमा समेटिएको जानकारी दिए ।त्यसका लागि कृषिमा यान्त्रिकीकरणको लागि नगरपालिकाभित्रका किसानहरुलाई सहुलियत दरमा कृषि उपकरणहरुको सेवा उपलब्ध गराउन कस्टम हाइरिङ सेन्टर स्थापना गरिने उनले जानकारी दिए ।


नगर प्रमुख चौधरीको अध्यक्षता र मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न लहान नपाको १२ औं नगरसभाका विशिष्ट अतिथिहरुमा मधेश प्रदेश सभा सदस्य राजेन्द्र चौधरी र जिबछी यादव,संविधानसभा सदस्य तथा कांग्रेस सभापति रामचन्द्र यादव,जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो लगायत रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख रामचलितर महतोले राख्नु भएको थियो ,भने कार्यक्रम संचालन शिक्षा शाखाका श्रोतव्यक्ति मनोज कुमार यादवले गर्नुभएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु,शाखा प्रमुखहरु,कानुनी सल्लाहकार, शिक्षक,सचिव,स्वास्थ्यकर्मी, कर्मचारीहरु,नगर सुरक्षा प्रमुख , चलाक ,सफाइ कर्मचारीहरु लगायतलाई सम्मान गरिएको थियोे। कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो सरगम ९३ मेगाहर्ज बाट गरिएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.