शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
व्यवसायी मुन्धडाको जीवनमा आँच आउने क्रियाकलाप गरिएको प्रति गम्भीर ध्यानाकर्षण
साउन २, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन २ - 
लहानका प्रतिष्ठित प्रतिष्ठान मुन्धडा इन्टरप्राइजेजका संचालक तथा कुशल व्यवसायी पवन कुमार मुन्धडाको व्यवसायिक जीवनमा आँच आउने क्रियाकलाप गरिरहेको आर.एम.सी.फुड्स प्रालि बारा सिमराको कार्यप्रति जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको गम्भीर ध्यानाकर्षण भएको छ। व्यवसायिक कारोबार गर्न धरौटीको रुपमा राखेको खालि चेक फिर्ता नगरी उल्टै ७० लाख रकम भरि चेक बाउंस गराई बैंकमा कालो सुचिमा राखन र मुद्दा लगाउन खोजेको भन्दै जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाले पत्रकार सम्मेलन गरि घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। अध्यक्ष सारडाले मुन्धडा इन्टरप्राइजेजका संचालक पवन कुमार मुन्धडाले व्यवसायिक कारोबारको सम्पूर्ण रकम बैंक मार्फत चुक्ता गरिसकेकोले चेक अबिलम्ब फिर्ता गर्न जोडदार माग गरेका छन्।

उच्च अदालत जनकपुर राजविराज इजलासबाट व्यवसायी मुन्धडा र मुन्धडा इन्टरप्राइजेजको नाउमा कुनै किसिमको कालो सुचिमा राख्नको लागि कर्जा सुचनाको केन्द्रको नाममा सिफारिस नगर्नु भनि मिति २०८० असार २९ गतेमा अल्पकालीन अन्तरिम आदेश समेत जारि भइसकेको अवस्थामा व्यवसायी मुन्धडालाई कुनै किसिमको मानसिक र व्यवसायिक तनाव दिन नहुने जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको तर्क छ। आर.एम.सी.फुड्स प्रालिका संचालक विष्णु अग्रवाल र एस अग्रवालले व्यवसायिक कारोबारको क्रममा व्यवसायी मुन्धडा संग बैंक मार्फत बुझेको स्टेटमेन्टमा ३९ हजार पाँच सय मात्र भुक्तानी हुन् देखिएको हुँदा आर.एम.सी.फुड्स प्रालिका संचालक अग्रवाललाई उधोग वाणिज्य संघको रोहबरमा हिसाब गर्न समेत आग्रह गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रेस विज्ञप्तिमा जनाए अनुसार वाणिज्य संघको आग्रहलाई सुनुवाई नगरे आर.एम.सी.फुड्स र त्यसका संचालक बिरुद्ध आन्दोलित हुने भनि सचेत गराउदै व्यवसायी मुन्धडाको तर्फबाट जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानले नै मुद्दा लड्ने समेत जानकारी गराइएको छ। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.