शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिलालाई अपमानित गर्ने शब्दाबली प्रयोग भएको भन्दै महिला सञ्जालको ध्यानाकर्षण
साउन १०, २०८० | फिरोज शेख

अनुपम झा लहान २०८० श्रावन १० - 
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले नेपाल सरकारको उच्च पदमा कार्यरत एक वन कर्मचारीले लोक सेवाको तयारी पुस्तकमा महिलालाई अपमानित गर्ने गरी शब्दाबली प्रयोग गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।सञ्जालका अध्यक्ष श्याम कुमारी साहले विज्ञप्ती जारी गर्दै नेपाल सरकारको उच्च पदमा कार्यरत वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत राम एकबाल दासले प्रकाशन गरेको ‘नेपाल वन रेवा दिग्दर्शन, गेमस्काउट, वनरक्षक सफलताको सारथी’ नामक पुस्तकमा महिलालाई अपमानित गर्ने गरी शब्दाबली प्रयो गभएको भन्दै ध्यानकर्षण भएको जनाएको हो।


सञ्जालका अध्यक्ष साहद्वारा जारी विज्ञप्तीमा पुस्तकका लेखक दासलाई तत्काल जागिरबाट निलब्लन गर्नु पर्ने र सार्वजनिक रुपमा माफि माग्नुपर्ने माँग गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘नेपाल वन रेवा दिग्दर्शन, गेमस्काउट, वनरक्षक सफलताको सारथी’ नामक पुस्तकका लेखकलाई तत्कालै निलम्बन गरी सार्वजनीक रुपमा माफि माग्न लगाई पुस्तकलाई तत्कालै प्रतिबन्ध गरी आम महिलाको आत्मासम्मानमा लागेको चोटलाई सम्बोधन गर्न तर्फ ध्यानाकर्ण गराउदै सरकार समक्ष जोडदार माँग गर्दछौं।’पुस्तका लेखक अधिकृत दासको आम महिलामाथिको बुझाई र त्यसलाई पुस्तक मार्फत नेपालभरीका पाठक समक्ष पुर्याउन राखिएको प्रश्न–उत्तर अत्यन्तै आपत्तिजनक, खेदजनक र भत्र्सनायोग्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।


‘महिला प्रति यस्तो निकृष्ट सोच र मानसिकता भएकाहरु राज्यको विभिन्न तहमा रहँदासम्म न त महिलालाई हरिने विभेदकारी दृष्टिकोणमा परिवर्तन आउँछ, न त राज्य प्रति महिलाले अभिभावकत्व महसुस गर्ने बातावरण सृजना हुन्छ।’ विज्ञप्तीमा लेखिएको छ।त्यसैले अवको दिनमा महिलाको आत्मसम्मानमा चोट पुर्याउने खालका यस्ता गतिविधि हुन नदिन राज्यले आजै यी र यस्ता घटनाको आवश्यक छानविन गरी सम्बन्धित व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने पर्ने सञ्जालले माँग गरेको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.