शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरी द्वारा पत्रकार पत्नीको उपचारका लागि ५१ हजार सहयोग
साउन १०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन १० - 
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले पत्रकार जीवछ उदासकी पत्नी मन्दिरा यादवको उपचारार्थ ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । अचेत अवस्थामा विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत मन्दिराको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले नगर प्रमुख चौधरीले उक्त सहयोगको घोषणा गरेका हुन् । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार जीवछ उदासीकी पत्नी मन्दिराको केहीदिनदेखि नोबेल अस्पतालमा उपचार भइरहेको छ । पत्रकार यादवले श्रीमतीको उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गर्दै सामाजिक सञ्जालमा लेखेपछि नगर प्रमुख चौधरीले उक्त सहयोगको घोषणा गरेका हुन्।

यसै बीच आजै नगरप्रमुख चौधरीले लहान नगपालिका–१ मा नवनिर्मित सिंगराही मटियर्वा सपिङ्ग कम्पलेक्स अगाडीको तरकारी बजारको आरसीसी ढलानको उद्घाटन गरेका छन्। तरकारी बजारको बेसमेन्टको एक सय मिटरको ढलानको उदघाटन गर्दै नगरप्रमुख चौधरीले ३८ लाखमा निर्माण सम्पन्न भएको बताए।यहाँ सञ्चालन हुने तरकारी बजारले लहानका कृषकदेखि उपभोक्तासम्मलाई सहज हुने अपेक्षा आफूले लिएको पनि प्रमुख चौधरीले बताए ।उक्त अवसरमा प्रमुख चौधरीले नवनिर्मित सपिङ कम्प्लेक्स सञ्चालनका लागि पनि यथाशीघ्र कार्यविधि निर्माण गरी यही महिनाको अन्तिम तिर सटर भाडाकालागि टेण्डर आह्वान गरिने जनाए।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.