शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एकीकृत समाजवादी द्वारा ९ बुँदै मांग सहितको प्रेस बक्तव्य सार्वजनिक
साउन २२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन २२ - 
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी ) निर्वाचन क्षेत्र न.१को प्रदेश ( क ) र ( ख ) सिरहा द्वारा पत्रकार सम्मेलन गरि संघिय सरकार , प्रदेश सरकार, स्थानीय सरकार सहित स्थानीय प्रशाशन ,सरकारी कार्यलयहरुलाई सचेत गराउदै ९ बुँदै माग सहितको प्रेस बक्तव्य सार्वजनिक गरेका छन्। सोमबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरि सिरहा निर्वाचन क्षेत्र न.१को प्रदेश ( क ) का अध्यक्ष कमल यादव र ( ख ) का अध्यक्ष जयप्रकाश यादवको उपस्तिथिमा संयुक्त प्रेस बक्तव्य सार्वजनिक गरिएको हो। प्रेस बक्तव्यमा भनिएको छ। नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी ) नेपालि सर्बहारा बर्ग र आम नेपालि न्यायप्रेमी एवं कान्तिकारी जनताको हितको प्रतिनिधित्व गर्ने राजनीति पार्टी हो। नेपाल कम्यूनिष्ट पार्टीले आफ्नो स्थापना काल देखि जुन लक्ष्य -उदेश्य राखेको थियो " ति लक्ष्य उदेश्य नै यस पार्टीका लक्ष्य उदेश्य हुन्। नेपालि समाजमा व्याप्त सामान्ती तथा साम्राज्यवादी,शोषण ,दमन र उत्पीडनको अन्त्य गरि वैज्ञानिक सामाजवादको स्थापना गर्ने र समाजमा रहेका सबै खाले विभेदहरुको अन्त्य गरि समानता सहितको स्वतन्त्रता भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने यी लक्ष्य उद्देश्यहरु मध्ये केहि मात्र प्राप्त भएका छन् र अझै धेरै काम गर्न बाँकी छ। यो पार्टीको ति सबै लक्ष्य प्राप्तिको संघर्षमा डटी रहने प्रतिबध्ता जाहेर गर्दछौ।

वर्तमान अवस्थामा केहि सरकारी कार्यलयहरुको काम कारवाही प्रति जनसमुदायको व्यापक असन्तुष्टि रहेको र विचौलियाहरुको विगविगी जताततै देखिरहेको र भ्रष्टाचारजन्य क्रियाकलापहरु दिनानुदिन बढ्दै गईरहेकोले नेपाल कम्यूनिष्ट पार्टी ( एस ) एउटा जिम्मेवार राजनीतिक दलको तर्फबाट तपसिल बमोजिमको मांगहरु स्थानीय प्रशासन लगायत नेपाल सरकार संग समुचित सम्बोधनका लागि जोडदार मांग गर्दछौ।

समयमा बर्षा नभएकोले किसानहरुले धानबाली लगाउन नपाएको हुनाले लहान नगरपालिका ,धनगढीमाई नगरपालिका ,सखुवानन्कारकट्टी ,लक्ष्मीपुर पतारी ,भगवानपुर गाउँपालिका  र सिरहा क्षेत्र न .१ मा पर्ने सम्पूर्ण वडाहरुलाई सुख्खा क्षेत्र घोषणा गरि किसानलाई राहतको व्यवस्था मिलाउनु पर्ने , लगाएका धान बालीमा सिंचाइको व्यवस्था गर्न तत्काल विधुतको नियमित तथा समुचित व्यवस्था मिलाउनु पर्ने , डिजल तथा मट्टीतेलमा किसान कार्डको आधारमा सहुलियत दरमा उपलब्ध गराउनुपर्ने , व्याप्त खडेरीको कारणले खानेपानीको व्यापक अभाव भएकोमा खानेपानीको व्यवस्था अबिलम्ब गर्नुपर्ने , बिउ विजन तथा मलखादको समुचित व्यवस्था गर्नुपर्ने ,वर्तमान वास्थामा पशुहरुमा दिनानुदिन फैलिदै गैरहेको "लम्पी सकिन "रोगको उपचार तथा नियन्त्रणका लागि तिब्रगतिमा भ्याक्सिन लगाउने कार्यको तत्काल व्यवस्था गर्नुपर्ने ,विभिन्न सरकारी कार्यलयहरुमा हुने गरेको ढिला सुस्ती तथा विना बिचौलिया मार्फत सेवाग्राहीहरुको काम नहुने गरेको हुनाले बिचौलियाको अन्त्य गरि सु-शासनको प्रत्याभूति गराउनुपर्ने ,मिटरब्याजिहरु तथा पिडितहरुको सहि पहिचान नगरी जथाभावी उजुरी दर्ता गरि नागरिकहरुलाई अनावश्यक दु:ख दिने गरेको हुनाले सोको अन्त्य हुनुपर्ने ,राष्ट्रीय अनुशन्धान विभाग नेपाल सरकारको गोप्य निकाय भएकोले सो निकायको कार्यलय सिराहाबाट बिचौलिया खटाई मिटर ब्याजी तथा पिडितलाई भय त्रास,धाक धम्कि ,थुनछेक जस्ता कार्यमा संलगन देखिएकोले  सो कार्य अबिलम्ब रोक्नुपर्ने लगायतका मांगहरु यथा सिघ्र सम्बोधन गर्न मांग गरिएको छ। तत्काल मांग सम्बोधन नभए चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरि अगाडी बढ्ने र यस बाट हुनजाने सम्पूर्ण क्षतिको जिम्मेवारी राज्यले स्वयम लिनुपर्ने भनि भनिएको छ। कार्यक्रमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी ) का नगर अध्यक्ष बिनोद साह संगै दर्जनौ स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.