शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत
साउन २६, २०८० | सरगम खबर समाचारदाता

सिरहा लहान २०८० श्रावन २६ - 
बिराटनगर १४ मा अवस्थित काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको  परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन । कलेजका बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा  कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना बिद्यार्थीहरुले ३.९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३.२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन ।

यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आफूहरुको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफुहरु सफल हुन सकेको बताए ।  त्यस्तै कृतिज्ञा  कटवालले बिद्यार्थी मैत्री सिकाइ बातावरण भएका कारण छोटो समयमा नै आफुहरुमा अध्य्यन प्रती रुचि जागेको र कक्षाका सम्पुर्ण बिद्यार्थीहरु उच्च जिपिएका  साथ उतिर्ण हुन सफल भएको बताइन् । कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौ बिश्वबिद्धालयको उत्कृष्ट शिक्षण विधि तथा बिद्यार्थीहरुको सामुहिक तथा ब्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो । साथै सुचना प्रबिधि बिषय प्रती बिद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उहाँको भनाइ छ ।

कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ , साथै बिद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पुर्वाधारमा बिशेष ध्यान दिइएको छ , साथै काठमाडौ बिश्वबिद्धालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिनु भयो ।  साथै परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि बिद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले जानकारी दिनु भयो । यो प्रथम सेमेस्टरको परिक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत बिद्यार्थीहरुलाइ हौसला प्रदान गर्नु भयो । काठमाडौ बिश्वबिद्धालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि बिद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.