शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उपराष्ट्रपति यादव भोलि जिनिस अस्पताल उद्घाटन गर्न सप्तरी आउदै
साउन २७, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन २७ - 
उपराष्ट्रपति रामसहायप्रसाद यादव साउन २८ गते आइतबार सप्तरी आउदै हुनुहुन्छ। सप्तरीको सुरुङ्गा नगरपालिका -५ कुशहामा नवनिर्मित सुविधा सम्पन्न जिनिस हस्पिटल प्रालिको समुद्घाटन गर्न उपराष्ट्रपति यादव सप्तरी आउदै हुनुहुन्छ। जिनिस हस्पिटलका संचालक डाक्टर बिजेन्द्र यादवले शनिवार होस्पितलमै पत्रकार सम्मेलन गरि जानकारी दिएका छन्। उपराष्ट्रपति यादव द्वारा आइतबार दिउँसो १२ बजे पछि समुद्घाटन कार्यक्रम तय भएको र यसको सम्पूर्ण तयारि पुरा भएको डाक्टर यादवले जानकारी दिए। १० कट्ठाको क्षेत्रफलमा निर्माण भएको एक सय सैइयाको जिनिस हस्पिटल ३० करोडको लगानीमा निर्माण भएको जिनिस हस्पिटल यस क्षेत्रकै पहिलो सुविधा सम्पन्न हस्पिटल भएको डाक्टर यादवको दाबि छ।

डाक्टर यादवका अनुसार यस हस्पिटलमा नेपालका ख्याती प्राप्त विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको उपस्तिथिमा मुटु रोग विभाग, इन्टरनल मेडिसिन विभाग ,जेनरल सल्यक्रिया विभाग,हाडजोर्नी तथा नशा रोग विभाग,बाल रोग विभाग,प्रसुती तथा स्त्री रोग विभाग ,न्युरो ( मस्तिक्स ) विभाग , छाला रोग विभाग ,मृगौला रोग विभाग,नाक,कान र घाटी रोग विभाग ,दन्त रोग विभाग ,मनोचिकित्सक विभाग,फिजियोथेरापी विभागको छुटाछुटै ब्लक संगै इमर्जेन्सी ,ओपीडी,इन्डोर ,अत्याधुनिक आई सी यु ,पी आई सी यु ,एन आई सि यु सेवा,डिजिटल एक्सरे ,सिटि स्कान ,अत्याधुनिक प्रयोगशाला संगै फार्मेसी सेवा समेत उपलब्ध रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। लहान देखि ५ किलो मिटर पूर्वमा अवस्थित हस्पिटलले समुदघाटनको अवसरमा स्वास्थ्यलाभ लिनका लागि एक महिना ओपीडी सेवा , इमर्जेन्सी सेवा , नर्मल डीलेभरि सेवा बेड भर्ना ,प्रेशर र सुगर जांच सेवा ,दिशा र पिसाब जांच सेवा निशुल्क गरेका छन्। उपराष्ट्रपति यादव सप्तरी आउने भएपछी सुरक्षा व्यवस्था कडा पारिएको छ। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.