शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा बजार अनुगमन : लाखौको खाध्यान नष्ट गरियो
साउन ३०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन ३० - 
सरकोकारबालाहरूको टोलीले सिरहाको लहानमा संयुक्त बजार अनुगम गरेका छन् । घरेलु तथा साना उधोग कार्यलयका प्रमुख तथा संयुक्त बजार अनुगमन समितिका संयोजक उधोग अधिकृत दिपेन्द्र यादवको संयोजकत्वमा विभिन्न सरोकारबालाहरूको समूहद्वारा सोमबार लहान बजारका खुद्रा तथा किराना पसलहरूमा अनुगमन गरिएको हो। बजार अनुगमनको क्रममा घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख यादवले समान खरिद गर्दा बील लिन, समानको उत्पादन मिति,उत्पादकको नाम, ठेगाना, उपभोग्य अविधि, परिमाण, तौल आदी उल्लेख नभएका सामग्री खरिद नगर्न,हरेक सामानको मूल्य सूची र उत्पादन तथा प्रयोग मिति हेररे मात्र खरिद गर्न र सामानको विल लिन  उपभोक्ताहरूलाई जनचेतना फैलाउँदै विक्रेताहरूलाई पनि त्यस्ता समाग्री विक्री वितरण नगर्न सचेत गराएका छन् ।

संयुक्त अनुगमन टोलीले न्यु तुलसी किराना पसल लहान ७ ,मुकेश पंकज ट्रेडर्स लहान ७ संगै लहान -१ मा अवस्थित अमित किराना एण्ड जेनरल पसल ,श्री गणेश ट्रेडर्स , नारायण इन्टरप्राईजेज ,कन्हैया जेनरल स्टोर लहान ,माँ स्तियन सुईया किराना पसलहरूमा गरिएको अनुगमनबाट करिब सय  किलो अखाध्य बस्तु,म्याद गुज्रेका तथा बिल बिजक नभएका सर–समानहरू बरामद गरेको थियो। बरामद सामाग्री सरोकारवालाहरूको रोहवरमा बलान नदीमा लागि आगो लगाई लाखौको सामान नष्ट गरिएको छ।

अनुगमन टोलीमा प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज सप्तरीका अधिकृत सुरश कुमार सिंह, राष्ट्रिय उपभोक्ता मञ्च नेपाल सिरहाका अध्यक्ष बिमल ठाकुर,उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास सारडा , लहान नगरपालिका बजार अनुगमन संयोजक श्याम साह भोरेभोर ,ईलाका प्रहरी कार्यलय लहानका प्रतिनिधि यज्ञानन्द प्रसाद साह ,नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता ,पत्रकार एम महतो ,फिरोज शेख लगायत बिभिन्न सरोकारवालाहरुको उपस्तिथी रहेको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.