शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कृत्रिम हातखुट्टाका लागि नापजाँच शिविर सम्पन्न
भाद्र २५, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ २५ - 
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले शारीरिक रुपले अस्वस्थ्य रहेका व्यक्तिका लागि कृतिम हातखुट्टा लगाउने उदेश्यले नापजाँच सिविर सम्पन्न गरेका छन्।मारवाडी युवा संगठनद्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर,भारतको प्राविधिक सहयोगमा सिराहा जिल्लाको लहानमा कृतिम हात खुट्टा नापजाँच सिविरको आयोजना गरिएको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका नेशनल कोडीनेटर विकास यज्ञराज अग्रवालले जानकारी दिए । उनका अनुसार पूर्णतया नि:शुल्क रहेको उक्त शिविरमा नारायण सेवा संस्थान उदयपुर भारत बाट आएका ९ जना प्राविधिकको टोलीले महिला पुरुष गरि १४८ जनाको सफल नापजाँच गरेका छन्। शिविर लहान ७ स्थित मारवाडी सेवा सदनमा सम्पन्न भएको हो ।उक्त शिविरमा प्राविधिकहरुले शारीरिक रूपले असक्त हात खुट्टा नभएका व्यक्तिहरुको कृतिम हात खुट्टा निर्माणका लागि नापजाँच गरेका हुन्। कृतिम अंग भारतको उदयपुरमा निर्माण हुने र निर्माण गर्न डेढ दुई महिनाको समय लाग्ने र निर्माणपश्चात् वितरण हुने उनले जानकारी दिए ।
 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.