शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यामाहा द्वारा FZ -S V3 को नयाँ अवतार लहानमा सार्वजनिक
भाद्र २८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ २८ - 
लहानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एस एस ओटो सेन्टर लहानले FZ -S FI  V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ। यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङ्गहरुमा उपलब्ध रहेको छ। नयाँ ब्याकलाईट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्ताइलिश तत्व थपेको छ।  FZ -S FI  V3 उत्कृष्ट ह्यान्डलिङ्ग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित छ। फ्युल इन्जेक्शन १४९ सिसि सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित FZ -S FI भर्सन ३ मा एयर -कुलड फोर -स्ट्रोक १४९ सिसि SOHC दुई -भल्भ ,एकल -सिलिन्डर ईन्धन -इन्जेक्टेड़ इन्जिन माउन्ट गरिएको छ "जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अधावधिक गरिएको छ। यसबाहेक यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडी एकल च्यानल एबिएसले सुसज्जित छ।

एस एस ओटो सेन्टरलहानका संचालक संजिव साहका अनुसार  FZ -S V3 धेरै मोटरसाइकल प्रेमीहरुको मनमा बसन सफल मोडेल हो। त्यसैले हामि यसको नयाँ रङ्ग विकल्पहरु ,नेभी ब्लु र मेटालिक ग्रे तथा राइडिंगको अनुभव बढाउने रोमान्चक अपडेटहरु सहितको नयाँ भेरियन्ट जिल्ला उधोग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास सारडाको हात् बाट लहानमा सार्वजनिक गर्न पाउँदा हर्षित भएका छौ। नायाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टीनेस ,स्टाइल र उत्साहका विशेषताहरुलाई साँचै झल्काउने छ। यामाहा  FZ -S ले सधै आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ। नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एम ए डब्लु इन्टरप्राइजेजले नेपाली बजारमा यी अपडेटहरु ल्याउन पाउँदा अत्यन्तै खुशी छौ। हाम्रा राइडरहरुले उत्कृष्ट देखिने मात्र नभई रमाइलो राइडिंगको अनुभव पनि प्रदान गर्ने मोटरसाइकल प्राप्त गर्दै छन्।  

यामाहा FZ -S FI  V3 को नयाँ डिलक्स संस्करण सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास  सारडाले यमहाको नयाँ मोडेलले बजार पाउने विश्वास व्यक्त गर्नु भयो। ४ लाख ४ हजार ९०० पर्ने यामाहाको नयाँ मोडेलको मोटरसाइकलको विशेषता बुझेपछि ग्राहकहरुले प्रयोग गर्ने अध्यक्ष सारडाले भन्दै लहानको आर्थिक बिकासमा यामाहा शो रुमले समयानुकूल मोटरसाइकलहरु ल्याइरहेको बताउनुभयो ।

यामाहाको एफजेड सीरिजले नेपाली बजारमा २००८ देखि आफ्नो बिरासत बनाइरहेको र यामाहा मोटर्सद्वारा उत्पादित मोटरसाइकलहरुको लोकप्रिय लाइन यसको प्रदर्शन उन्मुख सुविधाहरुको साथमा स्पोटी र उन्नत शैलीका लागि परिचत छ। बजार बाट प्राप्त सुझावहरुको प्रतिक्रियामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहदै एफजेड शृंखलाले नियमित अन्तरालमा यसका विशिष्टता र सुविधाहरु अधावधिक गर्दै आएको कम्पनीले जनाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.