शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा चार जना सम्मानित

11 Views

आश्वीन ११, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० असोज ११ - 
गजिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानले वार्षिक साधारणसभा कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको प्रशंसा गर्दै चार जना व्यक्तिहरुलाई कदर पत्रसहित सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा संचार क्षेत्रका युवा मिडिया उद्यमी "शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका "सञ्चालक फिरोज शेख, मैथलि साहित्यकार अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’, सामाजिक क्षेत्रमा मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सारडा, घरेलु महिला उद्यमी गुलाबदेवी महतो रहेका छन् । बुधबार जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडाको अध्यक्षता तथा लहान नगरपालिकाका मेयर महेश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा उद्योगी व्यवसायीसँग हातोमालो गरेर अगाडी बढिरहेको मेयर चौधरीले बताए । ‘हामीले नगरपालिकाबाट पर्यटन, धार्मिक स्थल, बजारलगायत क्षेत्रमा विकास योजनाहरु सञ्चालन गरेका छौँ,’मेयर चौधरीले भने,‘यसले गर्दा यहाँको बजार व्यवसायी फस्टाउने लक्ष्य लिएका छौँ ।’  काभ्रेमा मन्दिर निर्माण, हाति दह विस्तार, दुर्गा मन्दिर, राम मन्दिर निर्माण, सपिङ्ग कम्पलेक्स, सल्हेश फुलवारीलाई विकास, युवाहरुलाई स्वरोजगारको तामिल र आर्थिक सहयोग गरिरहेको उनले सुनाए । कृषि क्षेत्रमा विकास गर्न किसान विद्युत महसुल निःशुल्क र सहुलियत दरमा ट्याक्टर सेवा सञ्चालन गर्ने मेयर चौधरीले बताए ।नगर अस्पताल, नहर र नयाँ बजार निर्माणलगायतका विकास योजना सञ्चालनको प्रक्रिया सुरु भइसकेको मेयर चौधरीले जानकारी गराएका छन् । आफुले यहाँको विकासका लागि दृढ रुपमा लागि परेको उनको दाबी छ । केहीदिन भित्रै लहान महोत्सव आयोजना हुने उनको भनाई छ ।

साधारणसभा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुर्यकिरण वैद्य, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे,पूर्व उपाध्यक्ष किशोर प्रधान,केन्द्रीय सदस्यहरु अरुण प्रधान, प्रयास कार्की,संघका प्रदेश उपाध्यक्ष राजेश अग्रबाल,सप्तरी उवासंघ राजविराजका अध्यक्ष लालबाबु अग्रवाल, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली,घरेलु तथा साना उद्योग कार्यालय प्रमुख दिपेन्द्र यादव, आन्तरिक राजस्व कार्यालय प्रमुख,निर्माण व्यवसायी संघका अध्यक्ष रासलाल राय, नेपाल लोकतान्त्रिक महिला उधमी व्यवसायी संघ,सिरहाका अध्यक्ष जानुका पराजुली ,सल्लाहकार विनोद साह लगायतका वक्ताहरुले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

लहान मेरी चिल्ड्रेनका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेको उक्त साधारणसभाको दुई तिहाई बहुमतले संघको संशोधित विधान पारित गरेको थियोे ।उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष विकास सारडाले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमको उद्घोषण  उद्धब हमालले गरेका थिए ।  

 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.