शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार
आश्वीन २६, २०८० | फिरोज शेख

सिरहा २०८० असोज २६  - 
सिरहा प्रहरीले नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८०’ तयार पारेको छ। चडपर्वको समयमा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैति, लुटपाट तथा उच्छृङ्खल घटनालाई निरुत्साहित गर्न नौ सय ४४ जना प्रहरी जनशक्ति परिचान गर्ने योजना तयार पारीएको हो।जिल्ला प्रहरी कार्यालय सिरहाले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी नजिकिदैगरेको हिन्दु नेपालीहरु महान पर्व विजयादशी, दीपावली तथा छठपर्वको समयमा हुनसक्ने आपराधीक तथा उच्छृङ्खल घटना निरुत्साहित गर्न पाँच सय ५९ जना बाह्य सुरक्षामा र तीन सय ७७ जना रिजर्व टोलिसहित नौ सय ४४ जना प्रहरी जनशक्ति परिचालन गरिने प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्वले जानकारी दिए।उनका अनुसार नियमित चेकिङ्ग ९, छड्के ५ र ट्राफिक प्रहरीको ८ गरी जम्मा २२ चेकिङ्ग रहने छ। सुरक्षा व्यवस्था मजमुद बनाउन पैदल ४०, साइकल १०, मोटरसाइकल ३५, गाडी मौबाइल १२ र एसआरपी÷एलआरपी २२, सादा पोशाक ५ र क्यूआरटी ५ समूहलाई परिचालन रहने छ। साथै यस कार्यालय तथा मातहत समेतमा गरी ६९ स्थानमा पिकेट ड्यूटी परिचालन गरिने छ।प्रहरीले महत्वपूर्ण प्रतिष्ठान, पूर्वपश्चिम राजमार्ग, सहायक तथा हुलाकी मार्ग, बैंक तथा वित्तिय संस्था, सुच चाँदी पसलहरु लगायत मुख्य मुख्य बजारको सुरक्षा ड्यूटी रहने जनाएको छ।

त्यसैगरी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दशै, तिहार र छठमा हुन सक्ने आपराधिक घटना न्यूनिकरणको लागि सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने लिम्वुले जानकारी दिए। उनले भने, ‘चाड पर्वको वेलामा विभिन्न खालका घटनाहरु हुसक्छ, त्यस्तो वेलामा हामीले के गर्ने भन्ने विशषयमा सचेतनामूलक कार्यक्रम तथा सूचनाहरु प्नि प्रसारण गरिने छ।’चडपर्वको मैका छोपेर हुनसक्ने कालोबजारी, लागु औषध कारोवार, सवारी साधानमा बढी भाडा असुलि, चोरी, डकैति, पाकेटमारी, अवैध मदिरा, अवैध हतियार ओसारपोसार, तस्करी रोकथापम नियन्यन्त्रण, जुवातास, पटाका ओसारपोसार, तस्करी रोकथाम नियन्त्रण गर्न अधिकतम प्रहरी परिचालन गरिने प्रहरीको भनाई रहेको छ।
सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन विशेष अधिकार प्रत्यायोजक गरी प्रहरी निरिक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्तिको चाडपर्व लक्षित विशेष सुरक्षा कार्यदल गठन गरिएको लिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।जिल्लाका मुख्य सीमानाका र बढी भिडमाड हुने स्थानहरुमा चाडपर्व लक्षित सार्वजनिक सवारी साधान तथा छिमेकी राष्ट्र भारतबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुलाई सहजिकरणको लागि ट्राफिक प्रहरीसँगको संयुक्त पाँच र सीमानाकामा दुई गरी ७ स्थानामा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ।सूचना संकलन तथा विश्लेषण तथा सम्प्रेशण गर्न विशेष टोलि गठन गरी शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण गरिने र अन्य सुरक्षासँग सम्वन्धित संघ संगठनहरुसँग सुरक्षा चुनौतीका बारेमा आवश्यक समन्वय र सहकार्य गर्ने एसपी लिम्वुले जानकारी दिए।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.