शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको जेसिज सप्ताह कार्यक्रममा कापी कलम वितरण
मंसिर १२, २०८० | फिरोज शेख

रमिता नेपाल २०८० मङ्सिर १२ - 
लहान सिटि जेसिजको जेसिज सप्ताह-२०२३ कार्यक्रम अन्तर्गत हिजो कापी कलम वितरण कार्यक्रम सम्पन्न भएको छ। साप्ताहिक कार्यक्रमको तेस्रो दिन शिक्षाको गुणस्तर सुधार्ने अभियान अन्तर्गत विद्यार्थीलाई कापी र कलम वितरण गरिएको लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेखले जानकारी दिए। अध्यक्ष शेखका अनुसार " सोमबार आफुले अध्यन गरेको श्री शिवशक्ति आधारभूत विद्यालयमा अध्यनरत १७५ जना विद्यार्थीहरु मध्ये उपस्थित करिब १२५ जना विद्यार्थीहरुलाई कापी ,कलम ,बिस्कुट र चोकोपन चकलेट वितरण गरिएको हो। कार्यक्रमका संयोजक देवनलाल ठाकुरको अध्यक्षता तथा श्री शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक विभा ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख , उपाध्यक्ष प्रति साह , नित्यान्नद साह , महासचिव उमेश यादव ,कोषाध्यक्ष उमेश साह , जनसम्पर्क अधिकारि सरोज ठाकुर ,सचिव शिवानन्द चौधरी ,पुर्व अध्यक्ष बसन्त साह लगायत शिक्षकहरुको उपस्तिथी रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रधानाध्यापक विभा ठाकुरलाई अध्यक्ष शेखले धन्यवाद ज्ञापन गर्दै गम्छा र मायाको चिनोले सम्मान गरेका थिए।

जेसिज अन्तर्गत यस अघि पहिलो दिन शनिबार स्वास्थ्य संग सम्बन्धित डाक्टर परामर्श तथा संवाद कार्यक्रम र आइतबार वृक्षा रोपन कार्यक्रम सम्पन्न भइसकेको र आगामी कार्यक्रमहरुमा लहान ८ को दलित बस्तीमा सेनेटरी प्याड वितरण, राम कुमार सारडा उमा प्रसाद मुरारमा स्मारक प्रादेशिक अस्पताल लहानमा फलफुल वितरण ,मैत्रीपूर्ण फुटबल ,प्रि - इन्डक्सन तालिम राखिएको छ। गौधुली होटल लहानमा प्रि - इन्डक्सन तालिम सकिए संगै साप्ताहिक कार्यक्रम समापन समारोहमा सहयोगीहरुलाई सम्मान गर्दै साप्ताहिक कार्यक्रम समापन गरिने अध्यक्ष शेखले जानकारी दिए।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.