शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिज द्वारा सेनेटरी प्याड तथा साबुन वितरण कार्यक्रम
मंसिर १२, २०८० | सरगम खबर समाचारदाता

लाल बिहारी यादव २०८० मङ्सिर १२ - 
लहान सिटि जेसिजको जेसिज सप्ताह-२०२३ कार्यक्रम अन्तर्गत मंगलवार " सेनेटरी प्याड तथा साबुन "वितरण कार्यक्रम सम्पन्न भएको छ। साप्ताहिक कार्यक्रमको चौथो दिन स्वास्थ्य अभियान अन्तर्गत " सेनेटरी प्याड तथा साबुन " वितरण गरिएको लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेखले जानकारी दिए। अध्यक्ष शेखका अनुसार " मंगलवार लहान ८ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा त्यस भएका महिला दिदि बहिनीहरुलाई भेला गराई उक्त सामग्री वितरण गरिएको हो। कार्यक्रमका संयोजक खुश्बु जयसवालको संयोजन तथा जेसिजका अध्यक्ष फिरोज शेखको अध्यक्षता र लहान ८ का वडा अध्यक्ष श्याम साह भोरे भोरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा श्री सिद्धार्थ विद्यालयका प्रधानाध्यापक सुधा चौधरी,कार्यक्रमका स्पोन्सर तथा जेसिजका पुर्व अध्यक्ष बसन्त साह ,पुर्व अध्यक्ष अजय जयसवाल ,अध्यक्ष्य सल्लाहकार गंगा यादवको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा लहान सिटि जेसिजका उपाध्यक्ष बम चन्द्र चौधरी ,  , महासचिव उमेश यादव , जनसम्पर्क अधिकारि सरोज ठाकुर ,सचिव शिवानन्द चौधरी लगायत महिला स्वयंसेविका रिता साह ,राम कुमारी मण्डल र रिंकु गुप्ताको उपस्तिथी रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भोरेभोर र कार्यक्रम स्पोन्सर बसन्त साहलाई अध्यक्ष शेखले धन्यवाद ज्ञापन गर्दै गम्छा र मायाको चिनोले सम्मान गरेका थिए " भने कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकी महिला स्वयंसेविका तिनै जना र प्रधानाध्यापक चौधरीलाई स-धन्यवाद सहित गम्छाले सम्मान गरिएको थियो।

जेसिज सप्ताहअन्तर्गत यस अघि पहिलो दिन शनिबार स्वास्थ्य संग सम्बन्धित डाक्टर परामर्श तथा संवाद कार्यक्रम ,आइतबार वृक्षा रोपन र कापी कलम वितरण कार्यक्रम सम्पन्न भइसकेको र आगामी कार्यक्रमहरुमा बुधबार राम कुमार सारडा उमा प्रसाद मुरारमा स्मारक प्रादेशिक अस्पताल लहानमा फलफुल वितरण ,विहिबार मैत्रीपूर्ण फुटबल ,शनिबार प्रि - इन्डक्सन तालिम राखिएको छ। सम्राट होटल लहानमा प्रि - इन्डक्सन तालिम सकिए संगै साप्ताहिक कार्यक्रम समापन समारोहमा सहयोगीहरुलाई सम्मान गर्दै साप्ताहिक कार्यक्रम समापन गरिने अध्यक्ष शेखले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.