शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लव अफ फुलबारीको अध्यक्षमा गुप्ता निर्विरोध निर्वाचित
बैशाख ३०, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ बैशाख ३० गते - 
समाज सेवामा छुटै पहिचान बनाएको लायन्स क्लव अफ लहान फुलबारीको अध्यक्षमा शंकर प्रसाद गुप्ताचयन भएका छन् । लायन्स क्लवको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशन बाट गुप्तालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।गुप्तालाई सन् २०२४÷०२५ को लागि समितिको भेलाले चयन गरेको हो । लायन्स क्लवको नवगठित समितिको प्रथम उपाध्यक्षमा कासिंद्र प्रसाद  यादव , दोस्रो उपाध्यक्षमा श्याम सुन्दर साह र तेस्रो उपाध्यक्षमा मानिस सारडा लाई चयन गरिएको छ । त्यसैगरी सचिवमा दिपेन्द्र साह र कोषाध्यक्षमा शिव दयाल महतो ,क्लब मेम्बरसिप चेयरपर्सनमा शुभाष चन्द्र चौधरी,सर्भिस चेयरपर्सनमा विजय कुमार यादव , एल सी आई पी  मा राहुल सारडा ,मार्केटिंग चेयरपर्सनमा डा.शुशंत स्वतन्त्र लाई चयन गरिएको क्लवका संस्थापक अध्यक्ष राकेश झाले जानकारी दिए।

त्यस्तै क्लब डाइरेक्टर सदस्यहरुमा राम प्रमोद यादब ,रुबी गिरी ,शर्मिला यादव ,संजय अग्रवाल ,उमेश चौधरी ,खुश्बु जयसवाल ,प्रिती चौधरी चयन भएका छन्। त्यस्तै हेल्थ चेयरपर्सनमा डा.बिनय कुमार यादव ,मिडिया डाइरेक्टरमा फिरोज शेख ,सह-सचिवमा उपेन्द्र यादव र सह -कोषाअध्यक्षमा डा.रितेश गिरी सर्वसहमतले चयन भएका छन्। लायन्स क्लवको बिधान अनुरुप आगामी कार्यकालका लागि मे महिनाको १५ तारिख भित्र नयाँ कार्यसमिति चयन गर्नु पर्ने परम्परा अनुरुप शनिबार तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशन बाट शंकर प्रसाद गुप्ताको नेतृत्वमा बर्ष २०२४ /०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको र यहि आउँदो जुलाई महिनाको पहिलो दिन बाट एक बर्षे कार्यकाल शुरु हुने बर्ष २०२३ /०२४ का अध्यक्ष राजबाबु साहले जानकारी दिनुभयो।  बर्ष २०२३ /०२४ का अध्यक्ष राजबाबु साहको अध्यक्षता तथा संस्थापक अध्यक्ष राकेश झाको प्रमुख आतिथ्यता र लायन्स क्लव अफ इन्टरनेशनलका एल सी आई पी चक्रपाणि दाहालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको थियो।

नव निर्वाचित अध्यक्ष शंकर प्रसाद गुप्ताले लायन्स क्लवको विधान र नियमको परिधिमा रहेर सामाजिक सेवा र मानवीय सेवामा लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको। यसै बीच नव निर्वाचित अध्यक्ष  गुप्ताको शनिबार नै पर्न गएको ३० औ बैबाहिक बार्षिक बर्षगाठको अवसरमा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले शुभकामना व्यक्त गर्दै गुप्ता दम्पती संग केक काट्न लागाई बर्षगाठ मनाइएको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.