शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चर्लेष र नेहा लाई प्यारागन लिट्टिल आईकन २०७६ को उपाधि
मंसिर १, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १ गते - 
प्यारागन लिट्टिल आईकनको फिनाले शनिबार राति सम्पन्न भएको छ । विङ्स इन्टरटेन्मेन्टको प्रस्तुति तथा लहान प्यारागन पब्लिक स्कुलको आयोजनामा आयोजित प्यारागन लिट्टिलआईकन २०७६ को ग्राण्ड फिनालेमा छात्र तर्फ बाट चर्लेष यादव तथा छात्रा तर्फ बाट नेहा चौधरी प्यारागन लिट्टिल आईकन २०७६ को उपाधि जितन सफल भएका छन्। वालवालिकाको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै उनिहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको यस कार्यक्रमका छात्र तर्फ बाट द्वितीय रोसिस चौधरी र तृतीय नेत्र भगत भएका छन् , भने छात्रा तर्फ बाट द्वितीय रीतिका लामा र तृतीय जिज्ञाशा सिंह भएकी छिन। त्यस्तै फेस बुक लाइक्सको आधारमा छनोट गरिएको  मिस्टर एण्ड मिस पोपुलरको उपाधि हस्तीका सैनी र चर्लेष यादवले जितेका छन्।  

प्यारागन पब्लिक स्कुलका संचालक उमेश चौधरीको अध्यक्षता तथा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त फिनाले कार्यक्रमा प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह, प्याब्सनका केन्द्रिय सदस्य विष्णु न्यौपाने , प्याब्सन सिराहाका सचिव उमेश यादव , नेकपाका युवा नेता सत्यनारायण यादव , राजपाका केन्द्रिय सदस्य राकेश झा,सिटि जेसिजका पुर्व अध्यक्ष शंकर प्रसाद गुप्ता,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , इलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर सुमित कुशवाहा लगायत अभिभावक र विद्यार्थीहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा स्कुलका छात्रछात्राहरु संगै विभिन्न कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुति पस्केका थिए। कार्यक्रमको उद्घोषण विङ्स इन्टरटेन्मेन्टका एम जे मिथुनले गरेका थिए। 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.