शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गीतकार समिर खानको हिन्दी गीत “ओ वेवफा” सार्वजनिक
मंसिर २, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मंसिर २ - 
लहान ५ घर भएका गीतकार समिर खानले रचना गरेको हिन्दी गीत “ओ वेवफा” म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खान अहिले दोहा कतारमा कार्यरत रहेका छन्। समिर खानको पछिलो हिन्दि गीत " माँ " निकै सफल भएको थियो। चलचित्र निर्देशक माधव राज खरेलको निर्देशन रहेको  “ओ वेवफा” म्युजिक भिडियोको निर्माता तथा पत्रकार कमला जोशी रहेकी छिन। उक्त भिडियोमा माधव आर.खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ।  गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन, सम्पतिसंग तुलना गर्नुका साथै मिलन र विछोडको कथालाई दृश्य मार्फत देखाउन खोजेका छन् । नगरकोटका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा जिवन पराजुलीको छायाँकन रहेको छ भने सम्पादन क्यामोदिन मियाँले गरेका छन् ।

त्यसैगरी, एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा स्थिर छायांकारका रुपमा राजन खरेल रहेका छन् भने एनिमेटर तथा निर्देशक समेत रहेका समिर मियाँले रंगसंयोजन गरेका छन्। उक्त म्युजिक भिडियोलाई आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.