शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैदेशिक रोजगारलाई सुरक्षित बनाउन हकहित केन्द्रका सदस्यहरु संगठित हुदै
चैत्र १०, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी, १० चैत ।   बैदेशिक रोजगारलाई सुरक्षित बनाउन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सदस्यहरु संगठित हुदै छ । राजबिराजमा आयोजित एक कार्यक्रममा केन्द्रका सदस्यहरुले समुदायमा बढदै गएको ठगीलाई न्युन गर्नका लागी सदस्यहरुको बिस्तार गरी ठगी मुतm समाज बनाउने प्रतिबधता जनाएको छ ।हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष जयबिन्द सिंहले बैदेशिक रोजगारको क्रममा सम्भावित आप्रवासी कामदारहरु ऐजेन्ट र म्यानपावरवाट ठगीने गरेकोले त्यस्ता ठगनेहरुलाई कानुनी कार्यवाही गर्ने सदस्यहरुको बिस्तार गरी सुचना मुलक कार्यक्रम संचालन गर्ने बताए । 

जिल्लाको प्रत्येक टोल, समुदायमा आप्रवासी हकहित केन्द्र गठन गरी आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न साथै समुदायमा ठगने ऐजेन्ट, म्यानपावरको बिरोधमा आवाज उठाउने अध्यक्ष जय बिन्द सिंहले बताए । सवल नेपालद्धारा आयोजित सामी⁄हेल्भेटास नेपाल सहयोगमा राजबिराजमा आयोजित तिन दिने क्षमता अभिबृद्धि कार्यक्रममा बैदेशिक रोजगारलाई सुरक्षित र लाभदायक बनाउन केन्द्रका सदस्यहरु संग छलफल गरिएको हो । 
बैदेशिक रोजगारको सिलसिलमा बढदै गएको ठगीलाई न्युन गर्न तथा सुचनामा पहुच पुरयाउन आप्रवासी कामदार हकहित केन्द्रका सदस्यहरुलाई अझ सक्रिय गराउने उदेश्यले तालिमको आयोजना गरिएको सवल नेपालका कार्यक्रम संयोजक असोक साहले बताए । 

बिदेश जाने क्रममा सम्भाबित आप्रवासी कामदार तथा तिनका परिवारलाई सुरक्षित,लाभदाय बनाउन,सुचना पहुच बठाउन र  ठगीवाट जोगाउने वारेमा बृहत छलफल गरिएको थियो । उक्त कार्यक्रममा सामी⁄हेल्भेटास नेपालका कार्यक्रम अधिकृत बिजय ठाकुर,जिल्ला परियोजना संयोजक देव नारायण चौधरी, सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल,सवल नेपालका कार्यक्रम संयोजक असोक साह, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष जयबिन्द सिंह लगायतले सहजीकरण गरेका थिए ।  सो कार्यक्रममा जिल्लाभरीका आप्रवासी कामदार हकहित केन्द्रका सदस्य र आप्रवासी कामदार परिवारका सदस्यहरु सहित ४५ जनाको सहभागीता रहेको छ । 

सिरहाको प्रदेशसभामा मिश्रित परिणाम
मंसिर ११, २०७९ | फिरोज शेख
बैदेशिक रोजगारलाई सुरक्षित
एनआरएन कतारले नयाँ बर्षमा सयुक्त सांगीतिक
फाल्गुन १३, २०७३ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.