शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
" लहान सांस्कृतिक कार्यक्रमको " तयारी अम्तिम चरणमा,कलाकारहरु लहान आउदै
माघ २५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ माघ २५ - 
लहान र धनगडीमाई नगरपालिकामा अवस्थित वाटिका टुरिजममा यहि माघ २६ गते शनिबार हुन् लागेको " लहान सांस्कृतिक कार्यक्रमको " तयारी अन्तिम चरणमा पुगेको र शुक्रबार साँझ सम्म भोजपुरी सुपर स्टार नायिका अक्षरा सिंह र नेपालकी चर्चित गायिका तथा मोडल ज्योति मगर लगायत अन्य कलाकारहरु लहान आइपुग्ने एस राज प्रोडक्सनस प्रालिका प्रवन्धक सन्तोष राजले जानकारी दिएका छन्। अक्षरा सिंह र ज्योति मगर लगायत थुप्रै कलाकारहरुको सहभागिता रहेको " लहान सांस्कृतिक कार्यक्रमको " ब्यानर ,पोस्टर, हुडिंगबोर्ड,प्रवेश द्वार लगायत स्थानीय रेडियो तथा रोड शो सहितका प्रचार -प्रसारलाई तिब्रता दिदै स्टेज निर्माण, साउण्ड सर्भिस लगायतको कार्य पनि अन्तिम चरणमा पुगेको छ।

एस राज प्रोडक्सनस प्रालिले आयोजना गर्न लागेको " लहान सांस्कृतिक कार्यक्रम " मा भोजपुरी नायिका अक्षरा सिंह ,गायिका तथा मोडल ज्योति मगर संगै नेपालि भोजपुरी गायिका सेलिना कुँवर,संगीतकार तथा गायक सन्तोष राज, कलाकार भरत साह,विजय यादव निर्विज, मोडल तथा डान्सर मुस्कान सिंह,अमिता छन्टेल, कार्यक्रम संचालक निर्मल कुमार र संचालिका ललिता दास सहित स्थानीय कलाकारहरु,दिनेश ठाकुर,सावन कुमार,सरोज सन्त,वीर युवा क्लव लगायतको सहभागितामा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना हुने आयोजकले जानकारी गराएका छन। विगत लामो समय देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सेलेबेट्रीहरुको सहभागितामा सांस्कृतिक तथा मोनोरंजनात्मक कार्यक्रम गर्दै आएका एस राज प्रोडक्सनस प्रालिले जनकपुर होलि हङ्गामा, गरुडा सांस्कृतिक कार्यक्रम,भोजपुरी नेपालि स्टार नाईट विरगंज,त्रिपल धमाका दोहा कतार लगायत दर्जनौ ठाउमा सफलतापुर्वक कार्यकमको आयोजना गर्दै लहानमा पहिलो पटक माघ २६ गते शनिबारका दिन दिउसो २ बजेदेखि लहानमा अवस्थित बाटिका टुरिजमको प्रांगणमा " लहान सांस्कृतिक कार्यक्रम " को आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

 कार्यक्रमको सहयोगीहरुमा टाइटल स्पाउन्सर नपाल टेलिकम ,पवर्ड वाई टुवर्ग वियर, स्पोन्सर वाईवाई तयारि चाउचाउ ,प्रोमोटेड वाई नेपाल टुरिजम बोर्ड , हस्पिलिटि पार्टनर बाटिका टुरिजम, रेडियो पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लगायत विभिन्न सहयोगी संघ संस्थानहरु रहेका छन। कार्यक्रममा नेपाल टेलिकम अन्तर्गत एनटिसी प्रिपेडको सिम प्रतेक टिकटमा नि:शुल्क वितरण गरिने छ। टिकट दर भिआइपीको १ हजार र समनायको ३५० रहेको आयोजकले जनाएका छन। सिम प्राप्त गर्नका लागि नागरिकताको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ। 

 

कला
सप्तरी घटनाको मैथिली
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.