शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरी घटनाको मैथिली साहित्य परिषदद्धारा भत्सर्ना
फाल्गुन २९, २०७३ | शुभ नारायण यादव

शुभ नारायण यादव - 
सप्तरी , २९ फागुन । नेकपा एमालेका मेची महाकाली राष्ट्रिय अभियानका क्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको बर्बर दमनको मैथिली साहित्य परिषद्ले भत्र्सना गरेको छ ।परिषदका अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवले आइतवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेका हुन् । सप्तरीको मलेठमा गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र परिषरमा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरी आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा मलेठ–२ निवासी सञ्जन मेहता, मलेठ–४ निवासी पीताम्बर मण्डल, विरेन्द्र महतो, प्रसवनी–४ टेंगरी निवासी सिनियर अहेव आनन्द कुमार साह र जमुनी मधेपुरा–२ निवासी ईनरदेव यादवले सहादत प्राप्त गरेको तथा करिब तीन दर्जन घाइते भएको घटनाले परिषद् मर्माहत भएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।दुःखद घडीमा दिवङ्गगत आत्माको चिर शान्तिको ईश्वरसँग कामना गर्दै शोकाकुल परिवारजनप्रति परिषद्ले हार्दिक समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । निहत्था एवम् निर्दोष जनतामाथि गरिएको अमानवीय कार्यको भत्र्सना गर्दै परिषद्ले दोषीमाथि कडा कार्वाहीको माग गरेको छ । 

मैथिली भाषा, साहित्य एवम् कला–संस्कृतिप्रति समर्पित परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा आयोजना गर्दैआएको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । शोकको माहौलमा कुनै पनि उल्लासमय कार्यक्रम आयोजना गर्नु अशोभनीय हुने भन्दै परिषद्ले यसवर्ष होली पर्व नमनाउने निष्कर्षमा पुगेको अध्यक्ष झा र सचिव यादद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । यसैगरी जनकपुरको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष विशेष महत्वकासाथ आयोजना गर्दैआएको महामुर्ख सम्मेलनलगायतका ऐतिहासिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु स्थगन गरेकोमा प्रशंसा गर्दै संस्था तथा मैथिली अभियानीहरुप्रति आभारसहित विज्ञप्तिमार्फत धन्यवाद दिएका छन् । 

कला
सप्तरी घटनाको मैथिली
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.