शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फोहर व्यवस्थापनका लागि ७ सदस्य वार्ता टोलि गठन
बैशाख १४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ बैशाख १४ - लहान नगरपालिका वडा नम्बर ४ मा रहेको डम्पिङ साईटमा स्थानीयले लहान नगरालिका भित्रको फोहर फाल्न अवरोध गरेपछि फोहर व्यवस्थापनमा आएको समस्यालाई समाधान गर्न लहान नगरपालिकाले शुक्रबार ७ सदस्य वार्ता टोलि गठन गरेको छ। लहान नगरपालिकाको कार्यपालिकाको बैठकले डम्पिङ साईटको दिर्घकालिन समाधानको लागि सबै राजनीतकदल,स्थानीय,वुद्धिजीवी,सरोकारवालाहरु संग वार्ता र छलफल गरि डम्पिङ साईटको दिगो समाधान निकालनका लागि समितिले काम गर्ने छ । वार्ता समितिमा वडा नम्बर ३ का अध्यक्ष राम दयाल महतो, वडा ४ का अध्यक्ष रामनाथ पण्डित, वडा ५ का अध्यक्ष सुलेमान अन्सारी,वडा ६ का अध्यक्ष अरुण केसी,वडा ७ का अध्यक्ष रोशन गुप्ता,वडा ८ का अध्यक्ष विजय महतो र वडा १० का अध्यक्ष मनटि मण्डल रहेका छन् । समितिले ७ दिन भित्र ठोस निर्णय निकाल्ने गरि कार्य गर्ने र त्यस अवधिका लागि डम्पिङ साईटको पछाडी रहेको बालनखोला नजिक फोहर व्यवस्थापन गर्ने सहमति भएको छ। ७ दिन भित्र समितिले निस्कर्ष निकालेको निर्णय लाई लहान नगरपालिकाले पालना गर्ने , यदि फोहर व्यवस्थापनका लागि उचित ठाउँ फेला नपरे फोहोर प्रशोधन गरेर नगरपालिकाले डम्पिङ साईटमा नै फाल्ने सहमति भएको समितिका सदस्य विजय महतोले जानकारी दिएका छन्।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.