शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
६० जना मजदुर लाई समाजसेवी चौधरी र कर्माचार्यको राहत
बैशाख २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २७  -
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको आज ४७ दिन पुरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको हो। लकडाउनका कारण दैनिक जीवन प्रभावित भएको छ। दैनिक ज्याला मजदुरी गरेर दुई छाक टार्ने मजदुर परिवारहरु यसको प्रत्यक्ष मारमा परेको प्रष्ट देखन सकिन्छ। लकडाउनका कारण खान नपाएर भोकै बस्न बाध्य भएकाहरुलाई शनिबार समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले राहत वितरण कार्यक्रम लाई निरन्तरता दिदै लहान नगरपालिका वडा नं-५,६ र ८ का भारवाहन कुल्ली , सिक्सा तथा ठेला मज़दूरहरूलाई राहत उपलब्ध गराएका हुन् । लहान नगरपालिका भित्र दैनिक राेजगारी गरी घर परिवार चलाऊने मजदुर ६० घर परिवार लाई नेपाल महिला संघका सदस्य संगिता कर्माचार्यले विभिन्न मनकारीहरुको सहयोगमा  १० किलो चमाल,आधि लिटर तेल र १ किलो आयो नून राहत स्वरूप वितरण गरिएको समाजसेवी महेश चौधरीले जानकारी दिएका छन्।

 

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.