शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संकटमा परेका पैदल यात्रुहरुलाई फ्रि खाजा ,चाउचाउ, बिस्कुट र पानि
बैशाख ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख ८ -  
कोभिड १९ कोरोना प्रभावित पैदल यात्रीहरुलाई सोमबार सिरहाको लहान नगरपालिका १३ गणेशपुरका एक जना निम्न परिवारका सदस्यले नि:शुल्क खाजा खुवाएका छन। लहान – १२ भोटीयाटोल चौकमा संगम होटल संचालन गर्दै आइरहेका सियाराम चौधरीले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो । राजधानी लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तव्यमा पुग्ने यात्रीहरुलाई सामाजिक दायित्व निर्वाह गर्दै खाजाको ब्यबस्था गरेको चौधरीले बताए । सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधाको पनी व्यवस्था गरिएको उनले बताए। उनका अनुसार नेपाल टेलिकम लहानका पुर्व प्रमुख भजन चौधरी र स्थानिय युवाहरुको बिशेष उपस्थिती र सहयोगमा यात्रुहरुलाई खाजा खुवाईएको हो ।

यसै बीच सिरहाको लहानमा नेकपाका जनवर्गीय संगठन मुस्लिम संगठन नेपाल सिरहा र पुष्पलाल स्मृति प्रतिस्ठान सिरहालेले लामों तथा छोटो दूरीका पैदल यात्रीहरु सामाजिक दुरी कायम गरि नि:शुल्क चाऊचाऊ बिस्कुट तथा पानी वितरण गरि मानवता सेवा प्रस्तुत गरेका छन्। मुस्लिम संगठन नेपालका सिरहा जिल्ला इन्चार रियासत लिमि मुन्ना र पुष्पलाल स्मृति प्रतिस्ठान सिरहा शाखा अध्यक्ष सत्यनारायण यादवको संयुक्त पहलमा उक्त कार्य जारि गरिएको जानकारी प्राप्त भएको छ। 

 यसैबिच सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरका समाजसेबीहरुले पनी आफनो निजि लगानीमा चना , चियुरा ,तरकारी लगायत खाजाको ब्यबस्थापन गरेको छ । राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य एवम राजपाबाट सुरुङ्गाा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी उम्मेदबार शंकर प्रसाद चौधरीका एक टोलीले निशुल्क खाजा र पानीको ब्यबस्था गरेको छ। संगै यात्रिहरुका लागी  साबुन , सेनीटाईजर , स्वास्थ्य परामर्श लगायतका सुबिधा समेत दिईएको जानकारी प्राप्त भएको छ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.