शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को पूर्व समीक्षा कार्यक्रम
पौष ११, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ पुष ११ - 
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस १० गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।इन्सेक सिरहाका अनुसार सन् २०२२ को अबधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्यांकमा यो वर्षमा ८१ ओटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना संकलन गरिएको छ ।इन्सेक सिरहाका प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा एक वर्षको अबधिमा परिवारजनबाट चार महिलाको हत्या, बलात्कारको ३० घटनामा १७ बालिका र १३ महिला गरी ३१ जना पीडित भएको तथ्यांक प्रतिनिधि परियारले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले इन्सेकको प्रतिबेदनले आफुलाई प्रदेश सभामा मुद्दा उठान गर्न सहज भएको बताउनु भयो । इन्सेक जस्ता संघ संस्थाहरुले गर्दा समाजमा घटेका घटनाहरु उजगार भएको र घटनाहरु घटनमा कमी भएको बताउनु भयो । बालिकाहरुमा हुने बलात्कार जस्ता जघन्य अपराधका आरोपितहरुलाई कार्वाही हुनु पर्ने र आफनो तर्फबाट हरेक सहयोग गर्न तयार भएकोले कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता गर्नु भएको थियो । इलाका प्रशासन कार्यालयका प्रमुख रेवती रमण शर्माले इन्सेकले मानवअधिकार वर्ष पुस्तक प्रकाशन गरेर सराहनीय काम गरेको बताउनु भयो । जनचेतनाको अभावमा घटनाहरु हुने भएकाले घटना घटेर कार्वाहीमा जानु भन्दा जनचेतना फैलाएर कानूनी सचेतना जगाएर घटनाहरु न्यूनीकरण गर्नु पर्नेमा जोड दिनु भयो । 

इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कृष्ण खत्रीले मानव अधिकारको संरक्षणमा र उल्लंघनमा प्रहरीनै अग्र पंत्तिमा रहने बताउनु भयो । मुद्दा आउने बितिकै दर्ता गर्नु भन्दा पनि घटना अनुसंधान गरी संघ संस्थाको सहयोगमा अनुसंधान गरी मुद्दा दर्ता सजिलो हुने भएको बताउनु भयो । प्रहरीहरु अधिकारकर्मीहरुको सुरक्षाको लागि सकृय भएकाले गोपनियता कायम राख्न प्रहरीलाई निर्देशन दिने बताउनु भयो । समाजमा हुने गरेका घटनाहरुको रोकथाम र नियन्त्रनका लागि सबैको सहकार्य आवश्यक रहेको र आफुले पनि स.घसंस्थाहरुसंग सहकार्य गरेरनै अगाडी बढने बताउनु भयो । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.