शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मातृत्व प्रदान गरेका शाखालाई सक्षम बनाउँदै विराटनगर जेसीज
माघ २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ २९ - 
“घर बलियो बनाउन जग बलियो हुनुपर्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै विराटनगर जेसीजको आयोजनामा शनिबार एक दिवसिय “ A WORKSHOP ON DELIGHTING THE YEAR-2023”तालीम सम्पन्न भएको छ। स्थापना भएको ५०औ बर्ष मनाइरहेका विराटनगर जेसीजले मातृत्व प्रदान गरि स्थापीत भएका शाखाहारु टंकीसिनवारी जेसीज, दुहबी जेसीज, धरान जेसीज, ईन्द्रपुर जेसीज, भद्रपुर जेसीज, इनरुवा जेसीज, लहान सिटि जेसीज, जनकपुर जेसीज तथा राजविराज जेसीजका पदाधिकारीहरुलाई एकै स्थानमा भेला गराई सक्षम र शसक्त बनाउन वर्कसपको आयोजना गरिएको विराटनगर जेसीज वर्ष २०२३ का अध्यक्ष अभिनाश थापाले बताए। अध्यक्ष थापाका अनुसार" हाम्रो अग्रजहरुद्वारा स्थापित सम्वन्ध र विराटनगर जेसीज बाट मातृत्व प्रदान गरि स्थापीत शाखाहरु बीच जेसीज अभियानको क्रममा निरन्तर सहकार्य हुन् नसक्दा मातृत्व शाखा र अन्य शाखाहरु बीच दुरी बढ्दै गइरहेको महसुस भएको हुँदा “घर बलियो बनाउन जग बलियो हुनुपर्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै पारिवारिक सम्बन्ध अझ प्रगाढ़ बनाउन र वर्ष २०२३ लाई उत्कृष्ट बनाउन तालीमको आयोजना गरिएको प्रष्ट पारे। 

नेपाल जेसीज वर्ष २०१८ का अध्यक्ष सिनेटर श्रीधर बस्याल प्रमुख प्रशिक्षक रहनु भएका  “ A WORKSHOP ON DELIGHTING THE YEAR-2023”तालीम राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्ज्वल काबरा ,टंकीसिनवारी जेसीजका अध्यक्ष नवराज साह ,दुहबी जेसीजका अध्यक्ष सुषमाचौधरी ,लहान सिटि जेसीजका अध्यक्ष फिरोज शेख ,ईन्द्रपुर जेसीजका अध्यक्ष बिना सुबेदी लगायत अन्य शाखाका पदाधिकारीहरु सहित ६० जनाको सहभागिता रहेको थियो। 

तालिममा नेतृत्व निर्माणको पहिलो जग जेसीज नै रहेको बताउदै यस बाट हामि कसरि सुखी हुन् सक्छौ ? भन्ने कुरामा जोड दिइएको थियो। तालिमका प्रमुख प्रशिक्षक बस्यालले सहभागीहरुलाई जेसीज उद्देश्य र दर्शनका साथ साथै आफ्नो आस्था मार्फत मार्गदर्शित भईरहेको बताउनु भयो। उहाँले विभिन्न विकासका अवसरहरुद्वारा युवा शसक्तिकरण गर्दै सकारात्मक परिवर्तन गर्नु नै जेसीजको उद्देश्य हो । अर्थात युवाहरुलाई विभिन्न सामाजिक तथा व्यक्तिगत जिम्मेवारीमा सामिल गराई व्यक्तित्व तथा नेत्तृत्व विकासका तालिम मार्फत क्षमता अभिवृद्धि गराउने तथा परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बनाउदै सक्रिय युवाहरुको नेतृत्वदायी विश्वव्यापी संजाल निर्माण गर्ने दर्शन जेसीजले लिएको जानकारी गराउनु भयो। जेसीज भनेको के हो ? जेसिजले आफ्नो ब्राण्ड कसरि बनाउने ?  जेसीज सामाजिक संस्था हो वा होइन भन्ने प्रश्न उठ्छ र होइन भने के हो ? अन्य राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था र जेसीजमा के फरक छ ? जेसीज शाखाले के -कस्ता कार्यकमहरु गर्नु पर्छ ? कसका लागि गनु पर्छ ?  किन गर्नु पर्ने ? लगायतका विषयमा विभिन्न क्रियाकलाप र संवाद मार्फत जानकारी गराउनु भएको थियो। तालिममा विराटनगर जेसीज वर्ष २०१९ का अध्यक्ष तथा प्रशिक्षक सेवक बजगाईले सहजीकरण गर्नु भएको थियो। तालिममा उस्पथित सम्पूर्ण अध्यक्षहरुलाई मायाको चिनो सहित स्वागत तथा सम्मान गर्नुका साथै सहभागी सम्पुर्णलाई प्रमाण -पत्र प्रदान गरिएको थियो। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.