शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजार अनुगमन हुँदा अधिकांश पसलहरु बन्द
माघ १९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ १९ -
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगन्ज, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले लहान बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द रहेको पाइएको छ। साप्ताहिक रुपमा बुधबारका दिन बन्द रहने लहान बजार अनुगमन गर्दा अधिकांश पसलहरु बन्द देखिएका थिए। सुनचांदी पसल बाहेक अन्य पसलहरु उधोग वाणिज्य संघ सिरहाको निर्णयलाई अटेरी गरि निरन्तर बुधबार पनि पसल खोल्दै आएका व्यापारीहरु अनुगमन टोलि आएको भनक सुने पछि अधिकांस पसलहरु बन्द भएको थियो। ब्यपार गर्ने कागजात भए पनि कुनै न कुनै कारण देखाई फन्दामा पर्ने त्रासले अधिकांश पसल बन्द भएको स्थानिय ब्यपरिहरुको  भनाइ छ। अनुगमनको क्रममा कारवाहीमा परेका एक व्यापारीले आफ्नो दुखेसु सुनाउदै भन्छन " पसल संचालनको क्रममा केहि त्रुटी देखिए एक पटकलाई सचेत गराउनु पर्ने प्रावधान हुँदा हुदै गुण्डा शैलीमा धाक-धाम्की देखाउदै जरिवानाको कागज थमाएर गए। 

अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको, म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेका छन्।अनुगमनका क्रममा लहानस्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना पसललाई २० हजार, जय महिमा सप्लायर्स र सरस्वती खाद विज भण्डारलाई १५/१५ हजार जरिवाना गरेका छन् ।भने एस.टी.एम.फर्मा प्रा. लि. लाई १० हजार र नोवेल मोवाईल हाउसलाई ५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप कुमार खंग खत्वेले जानकारी दिए।त्यस्तै अमित रेडिमेड एण्ड जेनर स्टोर र इश्वर ट्रेड एण्ड सप्लायर्सलाई सामान्य अनुगमन गरिएको खत्वेले जानकारी दिए । अनुगमनको क्रममा बरामद भएका उपभोग गर्ने म्याद नाघेका पेयपदार्थ, अखाद्य वस्तु जफत गरिएको र  जरिवाना गरिएको फर्मलाई ७ दिन भित्र बैंकमा जरिवानाको रकम दाखिला गर्न निर्देशन दिइएको जनाइएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.