49 Views
फिरोज शेख लहान २०८२ जेठ ८ -
बजाज मोटरसाइकलको लहानका लागी आधिकारिक बिक्रेता मनकामना ट्रेड लिंकले पल्सर एन १२५ सार्वजनिक गरेको छ। सिरहाको लहान स्थित बालाजु पेट्रोल पम्प अगाडि बुधबार साँझ एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी , जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका बिकास सारडा , लहान १ का वडा अध्यक्ष युगल किशोर चौधरी,बजाज कम्पनीका मार्केटिङ हेड अमितराज चालिसे, बजाजका सेल्स हेड नरेन्द्र गौतम, बजाज कम्पनीका आधिकारिक विक्रेता मनकामना ट्रेड लिंक लहानका संचालक शंकर चौधरी लगायतले संयुक्त रुपमा उक्त मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाजको पल्सर N125 मा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल स्पार्क २-भल्व इन्जिन छ जसले १२ पीएस पावर र ११ एनएम टर्क दिन्छ।यसमा पनि ५ स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता फिचरहरू छन्। यो मोडल इन्धन सक्षमतामा पनि अग्रणी रहेको कम्पनीको दाबी छ। मोटरसाइकल सार्वजनिक कार्यक्रममा नेपालका ख्याति प्राप्त गायकहरूले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए।
कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र र्यापर मानियाले आफ्नो लाइभ प्रस्तुति दिंदै उपस्थित दर्शकहरुलाई झुमाएका थिए। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नु भएको थियो। पल्सर एन १२५ मा विभिन्न फिचर र सुविधाहरू समेत रहेको भन्दै बुकिङ खुला रहेको जनाउँदै खरिद गर्नलाई ग्राहकहरुलाई आग्रह समेत गरिएको छ।