शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने

112 Views

जेठ १६, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ जेठ १५ -  
सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना हुने भएको छ । लहानमा अवस्थित एस एस अटो सेन्टर ( यामाहा शो रुम ) को सहकार्यमा  यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतीक्षित यामाहा ब्लु फेस्ट १८ जेठ देखि सुरु हुनेछ ।यो एक्स्चेन्ज तथा मोटो उत्सव २४ जेठ २०८२ सम्म सञ्चालन हुने यामाहाले जनाएको छ । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी एक्स्चेन्ज कार्यक्रममध्ये एक मानिएको यामाहा ब्लु फेस्टले बाइकप्रेमीका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ । कार्यक्रममा सहभागी भएर यामाहाको आकर्षक अफर र अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

लहान १ मेनरोड बालाजु पेट्रोल पम्पको अगाडी चौधरी होटलको छेउमा संचालन हुने उक्त यमाहा ब्लु फेस्टमा कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा रहेको जनाइएको छ। यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन, अन्य ब्रान्डका बाइकमा पनि न्यूनतम २५ हजारको मूल्यांकन (ट्याक्स क्लियरेन्स आवश्यक), एक्स्चेन्जमा थप १० हजार बोनस, ७.९९ प्रतिशत फाइनान्सिङ (ग्यारेन्टरविना), एक्सचेन्ज नगरी नयाँ बाइक वा स्कुटर खरिद गर्दा ६ हजार नगद छुट पाउनुका साथै विभिन्न एसेसिरिज पनि पाइने जनाएको छ। 
 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.