शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा सिहित मिथिलाञ्चलमा वट सावित्री पर्व मनाउँदै

11 Views

जेठ १३, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ लहान जेठ १२ - 
सिरहा सहित समस्त मिथिलाञ्चलमा आज महिलाहरु हर्षोल्लाषका साथ वट सावित्री पर्व मनाउँदैछन्। मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै विशेष रुपले वट सावित्री पर्व मनाउने गर्दछन्।प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी विधिपूर्वक पूजा गर्ने परम्परा छ।पान, सुपारी, केरा, फलफूल, धुप लगायतका विभिन्न पूजन सामग्रीका साथ व्रतालु महिलाहरु वर र पिपलको रुखमुनि बसेर आफ्ना पतिको दिघार्यूको कामना गरी पूजापाठ गर्दै वर र पिपलको रुखमा रातो र पहेलो धागो बेर्ने गर्दछन्।वट सावित्री पर्वलाई स्थानीय भाषामा 'वसराइत पावइन' समेत भनिन्छ। प्राचिन कालमा सती सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजा गर्न सुरु गरेको विश्वास रहिआएको रेडियो सरगममा कार्यरत पण्डित पवन कुमार शास्त्रीको भनाइ छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.