शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मोनटेश्वारी स्कुलको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न

59 Views

जेठ १९, २०८२ | फिरोज शेख

फिरोज शेख लहान २०८२ जेठ १८ - 
लहान नगरपालिका–१० मा स्थापना गरिएको लहान मोनटेश्वारी स्कुलको समुद्घाटन कार्यक्रम शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।कार्यक्रममा लहान–८ का पूर्व अध्यक्ष विजय कुमार महतो प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता स्कुलका संस्थापक विष्णु प्रसाद गुप्ताले गर्नुभएको थियो।समारोहमा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्कुलले आधुनिक शिक्षण पद्धति र बालमैत्री वातावरणसहित शिक्षाको गुणस्तरमा ध्यान दिने प्रतिबद्धता जनाएको छ।उद्घाटन समारोहका क्रममा प्रमुख अतिथि महतोले स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको पहुँच बढाउन स्कुलको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यालय व्यवस्थापनलाई सफलताका लागि शुभकामना दिनुभयो।

संस्थापक गुप्ताले विद्यालय स्थापनाको उद्देश्य र भावी योजनाबारे जानकारी गराउँदै शिक्षा नै परिवर्तनको माध्यम भएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए, जसले उपस्थित दर्शकहरूको मन जित्यो।समारोह अन्त्यमा स्कुल व्यवस्थापन समितिले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै भविष्यमा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।कार्यक्रमको संचालन स्कुलका प्रिन्सिपल मन्जु गुप्ताले गर्नु भएको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.