शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फोहर मैला व्यवस्थापन तथा कम्पोष्ट मल उत्पादन सम्बन्धी तालिम शुरु
जेठ २५, २०७४ | सरगम खबर समाचारदाता

रुनकेश कुमार कामती - 
सिरहा, २५ जेष्ठ । फोहर मैला व्यवस्थापन तथा कम्पोष्ट मल उत्पादन सम्बन्धी तालिम जिल्ला समन्वय समिति सिरहकाको समिक्षालयमा बुधबार देखि शुरु भएको छ ।तालिममा फोहरमैला कसरी व्यवस्थापन गर्ने र घरायसी सामग्रीको प्रायोग पश्चात भएका कुहिने फोहरहरुलाई मलको रुपमा प्रयोग गर्न कसरी सकिने त्यसबारे तालिममा प्रशिक्षण दिइएको प्रशिक्षक बिके मर्हजनले बताए ।विशेषगरी कागजजन्य खाद्धन सामग्रि लगायतका कुहिने फोहरजन्य सामग्रिलाई प्रांगरिक मलको रुपमा प्रयोग गर्दै कृषि उत्पादनलाई बृद्धि गर्न सकिने गरी तालिममा सहभागिहरुलाई जानकारी गराइएको छ । 

सिरहा नगरपालिका तथा वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्र्तगत सञ्चालित तालिम सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवको अध्यक्षता भएको हो । उक्त तालिममा वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सामाजिक परिचालक, राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतको उपस्थितीमा तालिम सुरु भएको तालिम बिहीबार सम्म चल्ने सिरहा नगरपालिकका अनुगमन तथा मूल्यांकन अधिकृत (वातावरण विद्) भरतमणि पौडेलले बताएका छन् ।

लहानमा ‘एक घर दुई विरुवा रोप्न’
जेठ २३, २०७९ | फिरोज शेख
६० जना मजदुर लाई समाजसेवी चौधरी
बैशाख २७, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.