शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान साइन्स एण्ड आर्ट फेयर २०१८ शुरु
मंसिर ५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ मङ्सिर ५ - 
सिरहाको लहानमा दुइ दिने लहान साइन्स एण्ड आर्ट फेयर २०१८ बुधबार देखि प्यारागन पब्लिक स्कुल लहान ३ अस्पताल चौकमा शुरु भएको छ। नवजागरण युवा समाज तथा लहान साइन्स एण्ड आर्ट फेयरको आयोजना र प्यारागन पब्लिक स्कुलको सहकार्यमा आयोजित साइन्स एण्ड आर्ट फेयरको उद्घाटन जिल्ला शिक्षा अधिकारि डोलराज पाण्डेको हात बाट एक कार्यक्रमका बीच बुधबार गरिएको छ। २ दिन सम्म चल्ने प्रदर्शनीमा एक सयभन्दा वढी विज्ञान र कलाका स्टलहरु राखिएका छन । विज्ञान र कलासंग जोडिएका सामग्रीहरु सिरहा जिल्ला अन्तर्गत रहेका प्यारागन , एपोलो , शारदा ,हिमालयन ,मदरलैंड , रेम्बो , ओम सनराइज, समता, मनकामना,जीबीस, सल्हेश फुलबारी,न्यु मनोकामना,लोटस, लोटस युनिक, लोर्ड बुद्धा,ग्रीनलांड,ह्वाइट हाउस,बुद्धानिल्कनठ, नमो बुद्धा लगायतका विद्यालयहरुका छात्र छात्राहरुले तयार पारेका छन। 

कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै यस विज्ञान र कला प्रदर्शनीले शैक्षिक सुधारको लागि एउटा नमूना हुनुको साथै लहानको शैक्षिक सुधारको लागि  पाठ सिकाएको भन्दै लहानका विधार्थीहरुलाई बाहिर उच्च शिक्षाको लागि पलायन हुनवाट रोक्न शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका छन् । यसको लागि निजी र सामूदायिक विद्यालयले गरेका राम्रा पक्षहरुलाई आदान प्रदान गरेर अघि वढनु पर्छ । अभिभावक , प्रधानाध्यापक , नागरिक समाज , शिक्षा प्रेमीहरुको सामूहिक प्रयासवाट लहान नगरपालिकामा शैक्षिक सुधारको बातावरण बनाउन आवस्यक रहेको बताएका छन्। ”कार्यक्रमको अध्यक्षता प्यारागन  पब्लिक स्कुलका शिक्षक राम नारायण यादवले गर्नु भएको थियो। कार्यक्रमको अनलाइन मिडिया पार्टनर सरगम खबर डटकम रहेका छन्। सिसि क्यामेरा सेकुरिटी सुरक्षाका लागि हाइटेच सेकुरिटी एण्ड कम्प्युटर केयर लहानले सहकार्य  गरेका छन् भने क्वालिटी मोडेल टेलर्स एण्ड ट्रेडर्स लहान ८ ले पानि उपलब्ध गराएका छन्।

देशभरी नै वर्ल्डलिङ्कको ७ लाख सक्रिय
कार्तिक ३०, २०७९ | फिरोज शेख
TVS मोटरसाइकलको नयाँ RTR 160 4v
असाड १३, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.