शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा दुई ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु एक गम्भीर
माघ २७, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , माघ २७ - 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा आज विहान करिब ७ बजे  दुई ट्रक एक आपसमा ठोकिदा एक ट्रक चालकको मृत्यु भएको छ भने अर्का ट्रक चालक गम्भिर घाईते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ७१२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा बा ४ ख ७१२ नम्बर ट्रकका चालक मकवानपुर आमभन्ज्याङ ४ का २७ बर्षिय हरि बहादुर लो को मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

गम्भिर घाईते चालक लोको उपचारका लागि सप्तऋषि अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको लहान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भिर घाईते ना ५ ख १९२५ नम्बरको चालक मकवानपुर हेटौडा १९ बस्ने रमेश चौलागाईको उपचार फ्रेन्ड्स अस्पताल लहानमा भईरहेको छ । ठोकिएर ट्रक कुल्चिएपछि एक घण्टापछि उनलाई स्काभेटर लिएर ट्रकबाट निकालिएको थियो ।दुर्घटनाका कारण लहानको पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध भएको थियो । दुर्घटनापछि सडकमै तेर्सिएको ट्रकलाई स्काभेटरले साइड लगाएपछि राजमार्गको अवरुद्ध खुलेको प्रहरीले जनाएको छ । दुर्घटना तिब्र गतिका कारण भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घाइते चौलागाईको स्वास्थ्यमा सुधार आएको र उनि खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.