शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ
असाड १६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान असार १६ - 
सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको  मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइते भएका छन्। पुर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका पडरिया चौकमा सोमबार   दिनको करिब १ बजेको समयमा म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिला सहित ३ जनाको मृत्यु भएको छ। पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यानले पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेको बखत सोही दिशाबाट आउदै  गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदाँ भ्यानमा सवार सिरहा पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिका बस्ने ७० बर्षीया बचियादेवी राम मोची र  धनगडी मुसहरनिया बस्ने ४५ वर्षीय बुनु माया लामाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी भेषराज रिजालले जानकारी दिनु भएको छ।  मृत्कहरु मध्ये बुनु माया लामा धनगडीमाई नगरपालिका कै हुन् भनि पूर्ण पुष्टि भाको छैन ,अनुशन्धान भइरहेको समेत बताउनु भयो। दुर्घटनामा घाईते भएका १५ जनाको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा नरसिंह होमहरुमा भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी रिजालले जानकारी दिनुभयो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.