फिरोज शेख लहान २०७६ कार्तिक २३ -
सिरहा प्रहरीले एक लाख भन्दा बढीको भन्सार छलीका सामान पक्राउ गरेका छन्। सिरहा लहान न.पा.१९ स्थित ईलाका प्रहरी कार्यलय लहान सिरहाबाट खटिएको गस्ती टोलीले स.३.प ४५०२ नम्बरको मोटरसाइकल लाइ चेकजाँच गर्दा भन्सार छली ल्याउदै गरेको ७५ के.जी. सुर्ती अन्दाजी मुल्य रु. ३७ हजार ५०० र मोटरसाइकलको मुल्य रु.३५ हजार गरी जम्मा मुल्य रु.७२ हजार ५०० सय बराबरको सुर्ती र मोटरसाइकल सहित जिल्ला सिरहा भगवानपुर गा.पा. ३ बस्ने वर्ष २३ को गंगा कुमार यादवलाई नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडी, सिरहा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
त्यस्तै सिरहा बरीयारपट्टी गा.पा. १ स्थित प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको किराना सामान अन्दाजी मुल्य रु. ३ हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय ठाडी, सिरहा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
त्यस्तै सिरहा औरही गा.पा.४ स्थितमा प्रहरी चौकी औरही सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको राजनिवास अन्दाजी मुल्य रु. ३५ हजार बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडर, सिरहा बुझाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
यसै बीच सिरहा प्रहरीले दुइ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको छ । लहान नगरपालिका–१८, मिर्चैया नगरपालिका ९ र सिरहा नगरपालिका १२ बाट तयारी मदीरा अन्दाजी ९ सय ८० लिटर, कच्चा पदार्थ अन्दाजी ११ सय लिटर सहित मदिरा बनाउन प्रयोग हुने भाडावर्तन समेत नियन्त्रणमा लिई मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय मिर्चैया र प्रहरी चौकी बेल्हा, सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उक्त घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । उक्त मदिरा स्थानिय नागरीक लगायत वडा अध्यक्ष सहितको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।