शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेशनल प्याब्सन सिरहाको अध्यक्षमा पुनः: तिवारी
पौष ६, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ पुष ६ - 
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको छाता संगठन नेशनल प्याब्सन सिरहाको आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ। सिरहाको मिर्चैयामा अवस्थित सागरमाथा उमाविको सभाहलमा सम्पन्न आठौं जिल्ला अधिवेशन बाट पुनः प्रदिप कुमार तिवारीको अध्यक्षता सर्वसहमतिले १५ सदस्य कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुदिप कुमार चौधरी, सचिवमा राज कुमार सिंह,कोषाध्यक्षमा मोहम्मद मतिबुल राईन लगायत सदस्यहरुमा प्रितम सिटौला,रामचरित्र साह,उपेन्द्र यादव,उग्र नारायण यादव,कामेश्वर महतो,मनिष ठाकुर ,राम उदगार महतो,लक्षमण गिरि ,मदन कुमार राई लगायत २ जना मनोनित गर्ने गरि आगामी ३ बर्षे कार्यकालका लागि १५ सदस्य कार्यसमिति चयन गरिएको छ।

एनप्याब्सन सिरहाका वर्तमान अध्यक्ष प्रदिप कुमार तिवारीको अध्यक्षता तथा एनप्याब्सन केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रदेश २ का प्रदेशसभा सदस्य दिलिप कुमार साह,कल्याणपुर नगरपालिका नगर प्रमुख सुर्यनाथ मण्डल,एनप्याब्सन नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष तथा सल्लाहकार कर्ण बहादुर शाही,शिक्षा विकास तथा समन्वय ईकाई सिरहा प्रमुख विजय क्य्मार मण्डल ,राष्ट्रिय परीक्षा बोर्ड लहान प्रमुख पुष्कल खनाल, एनप्याब्सन केन्द्रिय सल्लाहकार पाण्डव हमाल,एनप्याब्सन प्रदेश २ का अध्यक्ष जय प्रकाश चौधरी,एनप्याब्सन प्रदेश १ अध्यक्ष जय बहादुर श्रेष्ठ ,एनप्याब्सन प्रदेश ३ का अध्यक्ष प्र्वोध प्रभाकर रिजाल,एनप्याब्सन केन्द्रिय महासचिव शुभाष न्यौपाने,एनप्याब्सन केन्द्रिय उप-महासचिव पारसमणि दाहाल, प्याब्सन प्रदेश २ का अध्यक्ष मुरारी साह, विकु साह एनप्याब्सन सप्तरी जिल्ला अध्यक्ष , चन्द्रनारायण मण्डल एनप्याब्सन धनुषा जिल्ला अध्यक्ष ,राजु कार्कि सर्लाही जिल्ला एनप्याब्सन अध्यक्ष,प्रभु कुसवाहा एनप्याब्सन बारा अध्यक्ष,राम सुन्दर चौधरी एनप्याब्सन पर्सा जिल्ला अध्यक्ष, एनप्याब्सन सिरहाका पुर्वअध्यक्षहरु चन्देश्वर साह,श्याम पोखरेल, राम नारायण महतो,राज कुमार साह, संस्थापक प्रिन्सिपल तथा जनप्रतिनिधि मतिबुल राईन, पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य देव कुमार यादव, शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगर्जका संचालक फिरोज शेख , पुस्तक व्यवसाय संघका केन्द्रिय उपाध्यक्ष राजलाल गुप्ता लगायत एनप्याब्सनका सम्पूर्ण पदाधिकारी , एनप्याब्सनमा आवध विद्यालयका संस्थापक तथा संस्थापिका अध्यक्ष,विभिन्न संचार क्षेत्रमा आवध संचारकर्मी,पुस्तक व्यवसायमा आवध कमनिकेशनका संचालक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले सरकारले सामुदायिक विद्यालयको अवस्था ठीक नपारेर निजी विद्यालयमाथि नजर गडाउन नमिल्ने बताउनु भयो।

 मुलुकको शिक्षाको गुणस्तर विस्तार र सर्वसुलभ बनाउन सरकारले निजी विद्यालयहरुको संगठनलाई पनि संगै लिएर अघि बढ्नुपर्ने उहाले तर्क गर्नुभयो। निजी विद्यालयले गुणस्तरीय शिक्षा सर्वसुलभ बनाउन निर्वाह गरेको भूमिकालाई राज्यले कदर गर्नुपर्नेमा उनले जोड दिदै निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सकरात्मक रुपमा लिन आग्रह समेत गरे। सरकारले निजी विद्यालयमाथि जबर्जस्ती शिक्षा नीति थुपार्न खोजे मान्य नहुने उनले बताए । सापकोटाले शिक्षासम्बन्धी नीति तर्जुमा गर्दा निजी विद्यालयको साथ र सहयोग लिनुपर्ने धर्ना राख्दै निजी विद्यालयले मनोमानी शुल्क असुलिरहेको कही कतै फेलापरे तुरुन्त कारवाही हुनु पर्ने र त्यसमा हाम्रो पनि साथ र सहयोग रहने बताउनु भयो।

यस्तै, एनप्याब्सनका केन्द्रीय महासचिव सुभाष न्यौपानेले निजी विद्यालयलाई नाफामुखी भएको भन्ने राज्यको दृष्टिकोण बदल्नुपर्ने बताउदै  निजी विद्यालयहरूमा रहेको कमीकमजोरी पनि सच्याउन आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। अधिवेशन समारोहमा नेशनल प्याब्सन सिरहाका अध्यक्ष प्रदीप तिवारीले पनि सरकारले निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुपर्ने धारणा राख्दै  मुलुकको शैक्षिक विकासको लागि सरकार र निजी विद्यालयहरुबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताउदै सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था र व्यवस्था सुधारका लागि हामि सदैव तत्पर रहने र हामि संग हुने सम्पूर्ण सहयोग गर्न पछि नपर्ने बताउदै निजि विद्यालयहरु माथि बक्रदृष्टि राखे त्यो मान्य नहुने तर्क समेत गर्नु भयो।

त्यसैगरी सिरहा निर्वाचन क्षेत्र ४ को ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य दिलीप कुमार साहले ऐन, नियमको परिधिभित्र रहेर निजी विद्यालयले विद्यार्थीहरूसँग शुल्क लिनुपर्ने र व्यवस्थापन गर्नुपर्ने बताए । उनले नेपालको शिक्षालाई परिणाममुखी बनाउन आवश्यक रहेको धारणा समेत राखे । नेपालको शिक्षालाई जनमुखी बनाउँदै प्रतिफल प्राप्त गर्नसक्ने उनको तर्क थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, विशिष्ट अतिथि लगायतले शुभकामना मन्तव्य राख्दै सम्पूर्ण पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै सफल कार्यकालको कामना समेत गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य एनप्याब्सन सिरहाका निवर्तमान उपाध्यक्ष चक्रपाणि दहालले राख्नु भएको थियो,भने उद्घोषण एनप्याब्सन सिरहाका निवर्तमान सचिव सुदिप चौधरीले गर्नु भएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि,विशिष्ट अतिथि,प्रमुख अतिथि लगायतलाई सभा अध्यक्ष तिवारीले गम्छा, सयपत्री फुलको माला र मायाको चिनोले सम्मान गर्नु भएको थियो। कार्यक्रममा सगरमाथा माविका छात्रछात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए,भने मिर्चैयामा अवस्थित विभिन्न निजि विद्यालयका छात्रछात्रा , शिक्षकहरुको सहभागितामा विहान प्रभातफेरीको आयोजनागरी नगर परिक्रमा समेत गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.