शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
किराना पसलमा चोरी गर्ने चारजना पक्राउ
भाद्र २३, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी, भदौ २३ गते - 
विगत केहि दिन यता सप्तरीमा चाेरी तथा लुटपाटकाे घटनामा वृद्धि भएको छ । यसै क्रममा चोरी गरिएको आरोपमा सप्तरी प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेकाे छ । सप्तरीको राजविराज नगररपालिका–७ गुदरीलाइन स्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेकाे हाे । उक्त किराना पसलबाट भदौ २२ गते बिहान १ लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी ४ लाख रुपैयाँ चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धानमा खटिएका सप्तरी प्रहरीले पसलमा जडान गरिएको सीसीटिभी फुटेजका आधारमा चोरीमा संल्गनहरुको पहिचान गरि पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा एसपी धमलाले राजविराज नगरपालिका–६ को सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल, राजविराज नगरपालिका –४ का समिम अन्सारी र रुपनी गाउँपालिका–४ का लालमहमद राइनलाई नियन्त्रणमा लिइएको बताए ।प्रहरीले रिचार्ज कार्ड र नगद गरी ४ लाख ९ हजार ३ सय ४५ रुपैयाँ बरामद गरेको धमलाले बताए । यता पछिल्लोपटक विगत लामाे समयदेखि लकडाउन र बन्दाबन्दी भएपछि जिल्लामा चाेरि र लुटपाटकाे घटना बढेकाे स्थानीयवासी बताउँछन् ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.