शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख साह द्वारा महिला अवासिय विद्यालयको शिलान्यास
आश्वीन १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज १६ - 
नगर प्रमुख मुनि साह द्वारा महिला अवासिय विद्यालयको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिका वडा नम्बर - ५ मा शिवशक्ति महिला अवासीय विद्यालय निर्माण कार्य सुरु भएको छ। विहिवार एक औपचारिक कार्यक्रमका बीच लहान नगरप्रमुख साहले  विद्यालय निर्माण कार्यको शिलान्यास गर्नु भएको हो। प्रमुख साहले कक्षा ८ देखि कक्षा १२ सम्म पठनपाठन हुने अवासीय विद्यालयमा ४० जना छात्रा र पढाउने शिक्षिकाहरुको समेत गास ,बास र कपासको व्यवस्था हुने बताउनु भयो। निर्माधीन विद्यालय प्राविधिक धारतर्फको पहिलो महिला विद्यालयको रुपमा यस भेगकै पहिलो र नमूना विद्यालयको रुपमा स्थापित हुने नगरप्रमुख साहले विश्वास  व्यक्त गर्नु भएको छ। शिक्षा क्षेत्रमा गौरवको परियोजना थालेकोले विद्यालय निर्माणदेखि संचालन कार्यमा स्थानीयहरुले अवरोध नगरी सहयोग गर्न उहाँले सम्पूर्णमा आग्रह गर्नु भएको छ।  विद्यालय निर्माणको कार्य सुरु हुने प्रचारप्रसार भएपछि मुस्लिम समुदायका लागि मात्र यो विद्यालय निर्माण भइरहेको भ्र्मिक र तथ्यहीन रुपमा धार्मिक सहिष्णुतालाई खलबलाउने गरी केहि व्यक्तिहरु लागि परेकोले अपवाह र हल्लाहको पछि नलाग्न सबैमा अनुरोध  गर्नु हुदै यो विद्यालय चार वर्ण ३६ जातिकै महिला छात्राहरुका लागि निर्माण भइरहेको समेत जिकिर गर्नु भयो।

३ करोड ५१ लख एक हजार २६१ रुपियाँ ९५ पैसाको लागतमा विद्यालय भवनको निर्माण कार्य शुरु गरिएको हो। २०७८ साल पुष १५ गतेसम्म सम्पन्न हुने गरी कविन्द्र यभान्सु इशा जेभि - ३ ललितपुर निर्माण सेवालाई उक्त भवन निर्माण गर्न ठेक्का दिइएको सुचना पाटीमा उल्लेख गरिएको छ । कार्यक्रममा उपस्थित लहान नगरपालिका उप-प्रमुख सरियार कुमारी चौधरी,शिक्षा संयोजक राज कुमार साह, योजना शाखाका वरिष्ट इन्जिनियर शत्रुधन चौधरी लगायतले शुभकामना मन्तव्य राख्दै सबैको साथ र सहयोग भए समयमै परियोजना सम्पन्न हुने प्रतिवद्धता जनाएका छन्।  कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष सुलेमान मिया अन्सारीेको अध्यक्षतामा भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.