शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो सरगमका स्टेशन म्यानेजर शेख सहित पाँच जना पत्रकार सम्मानित
जेठ २३, २०८० | फिरोज शेख

िता नेपाल लहान २०८० जेठ २३ - 
लहान नगरपालिकाका मेयर तथा श्री संगीता कर्मचार्य स्मृति प्रतिष्ठान लहान सिराहाका अध्यक्ष महेश चौधरीले सोमबार नेपाल पत्रकार महासंघ सिरहा शाखालाई लहानमा कार्यालय सञ्चालन गर्न उपलब्ध गराएका भवनको उद्घाटन गर्दै पाँच जना पत्रकारलाई नगद दश/दश हजार उत्कृष्ट पत्रकारिता पुरस्कारसहित सम्मानित गरेका छन् । सम्मानित हुनेहरुमा रेडियो सरगम ९३ मेगाहर्जका स्टेशन म्यानेजर तथा पत्रकार फिरोज शेख, नयाँ पत्रिका दैनिकका पत्रकार मणीलाल विश्वकर्मा, अर्थ न्युज टेलिभिजनका सिराहा सम्वादाता धर्मेन्द्र पासवान, हर्षित नेपालका सम्पादक बिरेन्द्र नेपाल र नेपाल पोस्ट दैनिकका पत्रकार महेश कुमार महतो(सिंह) रहेका छन् । उनीहरुलाई मेयर चौधरीले दश/दश हजार नगद र प्रमाणपत्रसहित सम्मानित गरेका छन् ।

चौधरीले निर्वाचित हुनु अगावै आफ्नो पत्नी स्वर्गीय संगीता कर्माचार्यको नाममा दर्ता रहेको श्री संगीता कर्मचार्य स्मृति प्रतिष्ठान मार्फत उत्कृष्ट पत्रकारिता पुरस्कार दिने घोषणा गरेका थिए । सोही अनुसार विगतको कोरोनाकालको समयमा जनपक्षीय पत्रकारिताको माध्यमले समाज र राष्टका लागि योगदान सम्मानपूर्ण रहेको र नागरिकको सुचना पाउने मौलिक हकको प्रचलन तथा सामाजिक क्षेत्रमा रहेको बेतिथी,विकृतिलाई अन्त्य गर्न ,समय सापेक्ष सभ्य सामाज निर्माणको सांस्कृतिक आधार निर्माण गर्न ,सु-शासन ,बहुलवादी समाज ,पारदर्शिता तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति पत्रकारिताको माध्यमले चुनौतीपूर्ण संघर्षमा सहभागी भएका पत्रकारहरुलाई यस बर्षको उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि छनौट गरिएको महासंघका अध्यक्ष मनोज बनैताले जानकारी दिए । नगरपालिकाले उपलब्ध गराएको भवनले अब लहानमा पत्रकारहरुको कार्यक्रम गर्न सहज हुने अध्यक्ष बनैताले सुनाए ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मेयर चौधरीले भन्नु भयो " पत्रकार देशको तेस्रो आँखा हो। मिडिया स्वतन्त्र हुनुपर्छ । मेरो विरुद्धको समाचारले त झन म भित्र नयाँ उर्जा थप्छ र म आफ्नो कामप्रति झन बढी उत्तरदायी हुन्छु । 'पत्रकार महासंघ' लाई जग्गा दियौ अब बिस्तारै भौतिक पुर्वाधार निर्माणमा समेत सकेसम्म सहयोग गर्छौ ' मेयर चौधरीले प्रतिबध्ता समेत जनाए। यसैगरी पत्रकार महासंघले पनि मेयर चौधरीलाई सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रका प्रमुख अतिथि मेयर चौधरी र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सिराहाका नि.वर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले सन्युक्त रुपमा रिबन काटेर विधिवत रुपमा महासंघको कार्यलय उदघाटन गर्नुभयो। उद्घाटन कार्यक्रम महासंघका अध्यक्ष मनोज बनैताको अध्यक्षतामा सम्पन्न भएको थियो। लहान नगरपालिकाबाट महासंघलाई १० धुर जग्गा पनि उपलब्ध गराएका छन् । सो जग्गामा भवन निर्माणका लागि पनि सहयोग गर्ने प्रवक्ता तथा वडा अध्यक्ष रमेश गौतमले बताए । कार्यक्रममा वडाअध्यक्ष रामअवतार शर्मा,ईन्जिनियर एकमणी सिपलिया लगायत वडा सदस्य राकेश महतो लगायतका अतिथिहरु संगै दर्जनौ संचारकर्मीहरुको सहभागी रहेको थियो।  

यसै बीच उदघाटन कार्यक्रममा विभिन्न संस्थाले सहयोग गरेको कोषाध्यक्ष बिरेन्द्र प्रसाद नेपालले जानकारी गराएका छन् । प्याब्सन सिराहाका अध्यक्ष उमेश चौधरीले १० वटा कुर्सी, उद्योग बाणिज्य संघ सिराहा लाहानका अध्यक्ष विकास सारडाले १० वटा कुर्सी, त्यसैगरी सरगम एफएमका संचालक तथा सिटि जेसिज लहानका अध्यक्ष  फिरोज शेखले एउटा स्ट्याण्ड फ्यान र एबी मल गोलबजारले सहभागीहरुको लागि खाजाको प्रबन्ध गरेको थियो ।
 

 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.