शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सबै धर्म,जातजाति,भाषाभाषीलाई जोड्ने काम नेपाली कांग्रेसले गरेको छ : फर्मुला
भाद्र १०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ १० - 
नेपालि कांग्रेसमा आबद्ध नेपाल मुस्लिम संघ सिरहाको तेस्रो जिल्ला अधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री एवं कांग्रेसका सहमहामन्त्री फर्मुला मन्सुरले सबै धर्म,जातजाति,भाषाभाषीलाई जोड्ने काम नेपाली कांग्रेसले गरेको दाबि गरेका छन्। प्रमुख अतिथि मन्सुरले भने, "मुस्लिम समुदायलाई अधिकार सम्पन्न गर्न , मुस्लिमहरुको महान पर्व बकरीद, इद जस्ता पर्वमा राष्ट्रिय विदा दिने जस्ता काम गिरिजाबाबुको क्याबिनेटमा आफू मन्त्री भएको बेलादेखि शुरु भएको हो ।" कांग्रेस पार्टी संगठन बलियो बनाउन र बिगतका कमीकमजोरीलाई हटाउन समीक्षा सहितको दिशानिर्देशमा जानु पर्ने कुरामा जोड दिए। उहाँले आउने पाँच बर्षमा पार्टीका सबैतह र भातृ संगठन, शुभेच्छुक संगठनले आ–आफ्ना उत्तरदायित्व सहितका भुमिका निर्वाह गर्न सक्यो भने चाहे जस्तो सबल सक्षम सांगठनिक जिल्ला बनाउन सकिने बताए ।

त्यस्तै उद्घाटन सत्रमा नेपाली कांग्रेस मधेस प्रदेश अध्यक्ष तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादव ,गृहमन्त्री समीम अन्सारी, सिरहा काङ्ग्रेस सभापति रामचन्द्र यादव,कोशी प्रदेशका प्रदेश सभा सदस्य मो.इस्राइल अन्सारी, नेपाली कांग्रेस क्षेत्र न .१ क्षेत्रीय सभापति तथा लहान नगर प्रमुख महेश प्रसाद चौधरी,नेपाल महिला संघ सिरहा जिल्ला अध्यक्ष तथा धनगढीमाई नगर उपप्रमुख संगिता चौधरी, केन्द्रीय सदस्यहरु अब्दुल करिम, मो. हनिफ राइन र मो.हमिद अन्सारी,संघका प्रदेश सभापति मो.कलाम लगायतका पालिका सभापतिहरुले

संवोधन गर्दै मुस्लिम समुदायको हकहित,अधिकार संरक्षण, संगठन सुदृढिकरण र अधिवेशनको सफलता सहित शुभकामना व्यक्त गरेका थिए। संघका जिल्ला अध्यक्ष मो.अख्तर साकिरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन युवा नेता मो.मुस्ताकले गरेका थिए । आज आइतबार हुने बन्दसत्रले नयाँ जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ। अधिवेशन लहान नगरपालिकाको सभा हलमा भइरहेको छ।

यसै बीच जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानको अवलोकन गर्न पुगेका नेपाली कांग्रेस मधेस प्रदेश अध्यक्ष तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादव र गृह मन्त्री माे. समिम अन्सारीलाई जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा भव्य स्वागत गरेका छन्। अवलोकन गर्न पुगेका दुवै मन्त्रीले ५ कराेड सम्मकाे याेजनाकाे डिपिआर तयार गरेर याेजना पेश गर्न क्याम्पसलाई आग्रह गरेको छ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.