शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा क्यान्सर अस्पताल बन्ने
साउन २१, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ श्रावन २१ - 
सिरहाको लहानमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई स्तरउन्नति गरि अस्पतालको रुपमा विकास गर्न लहानको गोधुली होटलमा रानजीतिक दल , समाजसेवी , अधिकारकर्मी , नागरिक समाज , बुद्धिजीवी ,उधोगपति ,संघसंस्थाका प्रतिनिधि , संचारकर्मी बीच शुक्रबार छलफल गरिएको छ। अशोक अमात्यको सभापतित्वमा सम्पन्न उक्त छलफल कार्यक्रमा क्यान्सर अस्पतालका लागि चाहिने आवश्यक पूर्वधारहरु , जग्गादाता , उपयुक्त स्थानको बारेमा छलफल गरिएको छ। अस्पतालका लागि लहान देखि ५ किलो मिटर उतर रहेको अम्हिमा ३ बिगहा , त्यस्तै लहान देखि १२ किलो मिटरको दुरीमा रहेको ढोरना वाडा नम्बर २ राजदेबी मन्दिर देखि पश्चिम  ३०/३० बिगहाको २ वटा पलोट सरकारी जमिनको अवलोकन समेत गरिएको छ। सोहि सन्दर्भमा छलफल गर्न बोलाइएको कार्यक्रमा केहि राजनीतिक खिचातानी समेत देखियो ।अस्पताल बनाउनु पर्नेमा त्यहा उपस्थित सम्पूर्ण महानुभावहरुको साकरात्मक प्रतिक्रिया तथा प्रतिवध्ता आएपनि क्यान्सर अस्पतालको निर्माण कुन स्थानमा हुनु पर्ने भन्ने विषयमा फरक - फरक प्रतिक्रिया सहित खिचातानी देखिएको छ। 

कार्यक्रमा नेकपा एमालेका मेयर उमेदवार मुन्नी साह , नेपाली कांग्रेसका मेयर उमेदवार महेश चौधरी , मानवाधिकारकर्मी राजकुमार राउत , राप्रपाका मेयर उमेदवार लगन लाल चौधरी , सरसफाई अभियन्ता रिना चौधरी , ओशो मधुर्य ध्यान केन्द्रका स्वामी ज्ञान साही , लाइन्स कल्बका चक्रपाणि दाहाल , शेख मिडिया हाउस प्रालिका संचालक फिरोज शेख , प्रध्यापक डाक्टर नमो नारायण झा , महिला नेत्री , संगीता कर्मचार्या  , विमला भुर्तेल , संघीय समाजवादी फोरमका मेयर उमेदवार बैधनाथ साह , राजपाका डाक्टर महादेव साह , सिटि जेसिसका धरणीधर अधिकारी , उधोगपति राजेन्द्र मुरारका , कृषण देव सिंह , राम तलेवर साह , आनन्द राज पोख्रेल , विमल कुमार होडा ,ललित नारायण चौधरी ,इश्वर देव साह , रामानन्द चौधरी,केदार कुमार मल्ल ,आनन्द लाल चौधरी , खुशी लाल चौधरी ,गंगा बहादुर राउत , इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार ,उधोगपति असोक अग्रवाल  लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.