फिरोज शेख लहान,२०७५ चैत २७ -
‘हाम्रो लहान समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लहान नगरपालिकाको आयोजनामा शुरु भएको लहान महोत्सव २०७५ को दोस्रो दिन नेपालको चर्चित गायक प्रमोद खरेल र भोजपुरी तथा नेपाली गायक प्रमोद जख्मिले लहानका हजारौँ फ्यानहरुलाई गित सँगै नचाएर मनोरञ्जन गराएका छन्। प्रमोद खरेलले आफ्ना लोकप्रीय एवं चर्चीत गीतहरु प्रस्तुत गरेका थिए ।
‘म विना कसैकसैलाई मुस्कील छ पोखरामा’ बोलको गीतबाट गायकी सुरु सुरु गरेका प्रमोदले ‘चल बतास चलचल् अझै बेगले चल, ओए झुमा ओए झुमा झुमा झुम्कावाली, लाईदेउ न मायाले, हाँसिदेउ न माया खोलेर दन्ते लहर’ बोलको गीत उनले प्रस्तुत गरेका थिए ।जसमा दर्शकहरु उनको गितमा झुमेका थिए। भने प्रमोद जख्मिले ‘भैया के साली, भाइ नया सालमे, ए राघा’ लगायतका आफ्नै गितहरु प्रस्तुत गर्दै महोत्सवमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरेका थिए। त्यस्तै कार्यक्रममा चर्चित संगीतकार विकास पण्डे, ब्रेक द बिट डान्स स्टुडियोका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रमा उपस्थित मूल आयोजक समितिका सदस्य तथा वडा अध्यक्षहरु क्रमस : विजय महतो, राकेश रोशन गुप्ता, अरुण केसी,कमलदेव यादव , कन्हैया गुप्ता लगायतले प्रमोद खरेललाई स्वागत तथा मायाको चिनोले सम्मान गरेका थिए।
लहान मेयर गोल्डकप शुरु : विराटनगरले वीरगन्जलाई २ गोलले हरायो
लहान महोत्सवको अवसरमा मेयर गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेल वीरगन्ज र विराटनगरबीच भएको हो ।
खेलमा विराटनगरले वीरगन्जलाई २ गोलले पराजित गरेको छ । वीरगन्ज २ र विराटनगर ४ गोल गरेका थिए । बुधबारको खेल ललितपुर र महोत्तरीबीच हुनेछ।