शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा संगै सप्तरीमा पनि निषेधाज्ञा थपियो
भाद्र १५, २०७७ | फिरोज शेख

फिरोज शेख / शुभ नारायण यादव लहान २०७७ भदौ १५ - 
संक्रमणको जोखिम कायमै रहेकाले सिरहा जिल्लामा भदौ २७ सम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले ३२ साउनदेखि जारी गरेको निषेधाज्ञा सोमबार राति १२ बजे सकिनै लाग्दा सोमबार कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा डिडिएमसीको बैठकले सिफारिस गरेबमोजिम नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कणेलले अत्यावश्यक सेवा र कामबाहेक निषेधाज्ञाका वेला अन्य गतिविधि नगर्न आग्रह गर्दै " कोरोनाको जोखिम समुदायस्तरसम्म नै फैैलिएकोले लहान, गोलबजार, धनगढीमाई, सुखीपुर, कल्याणपुर, सिराहा नगरपालिका र विष्णुपुर गाउँपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको बताउनु भयो। जिल्लाका विभिन्न स्थानीय तहमा ३२ साउनसम्म ५८ जना कोरोना संक्रमित रहेकोमा १४ भदौ सम्म एक सय ५० जना पुगेको र हाल सम्म यस जिल्लामा कोरोना बाट सात जनाको दुखद निधन भएको तथ्यांकलाई मध्य नजर गर्दै निषेधाज्ञा भदौ २७ गते राति १२ बजे सम्मका लागि थिपिएको प्रमुख जिल्ला अधिकारी कणेल स्पष्ट पार्नुभयो। 

जिल्ला अधिकारी कणेलका अनुसार निषेधाज्ञा अवधिभर खाद्यान्न,तरकारी, फलफूल, मासु ,ग्यास जस्ता खाद्यजन्य पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने, बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्ने, निषेधाज्ञा अवधिमा सरकारी, सार्वजनिक तथा गैरसरकारी क्षेत्रका कार्यालयहरूले आन्तरिक कार्य सम्पादन मात्र गर्ने, त्यस्ता निकायका पदाधिकारी वा कर्मचारीले आफ्नो आधिकारिक परिचय पत्र देखाई बिहान ९ देखि साढे १० बजेसम्म र साँझ कार्यालय समयको आधा घन्टा पहिले र आधा घन्टा पछिसम्म आवतजावत गर्न पाइनेछ। उधोग /कलकारखाना ,कृषि क्षेत्रमा स्वास्थ्य र सुरक्षा सावधानी अपनाई उधोग ,वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारि मापदण्ड एवम प्रोटोकल पुरा गरि आफ्नो उधोग परिसर भित्रै कार्य गर्ने ,अस्पताल ,औषधि पसल,एम्बुलेन्स ,बारुणयन्त्र ,विधुत ,दुरसंचार ,इन्टरनेट सेवा ,दुध तथा पानि ढुवानी सम्बन्धि सेवा सुचारु रहने ,स्वास्थ्य कार्यलयबाट नियमितरुपमा संचालन हुने कार्यक्रम जस्तै नियमित खोप कार्यक्रम ,परिवार नियोजन कार्यक्रम जारि रहने ,निषेधाज्ञाका वेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने, बाहिर निस्किनपरे स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्ने, संघ संस्था, निकाय वा व्यक्तिले सार्वजनिक भेला, मेला, भोज वा जमघटको आयोजना नगर्ने, धार्मिक स्थलहरूमा भेला नगर्ने, धार्मिक पर्वहरू आ–आफ्नो घर घरमै मनाउनुपर्ने , हरेक स्थानीय तहमा साविकमा हाट बजार लाग्ने दिनहरुमा अत्यावश्यकीय बाहेकका कुनैपनि पसलहरु नखोल्ने ,अति अत्यावश्यकीय पसलहरु बाहेकका पसलहरु विहान ८ बजे देखि विहान ११ बजेसम्म स्वास्थ्यका मापदण्डहरु पुरागरि मात्र संचालन गर्न पाउने आदेश भएको बताउनु भयो। 

सप्तरीमा चौथो पटक निषेधाज्ञा थपियो 

यसै बीच जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ ।यसअघि जारी गरिएको निषेधाज्ञा समय आज राति १२ बजे सकिदै छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो । पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको मा साउन २३ गतेदेखि जिल्ला भरनै निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि तेश्रो चरणमा २ भदौदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो ।
 पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकमा तीन घण्टा लामो छलफल पश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारि दिनुभयाे ।  कोरोना भाइरसको जोखिम कायमै रहेको तथा जनस्तरमा फैलिदै गएकाले निषेधाज्ञाको समय थप गरिएको उहाको भनाई छ । यस अवधिमा अत्यावश्यक सामग्रीका पसल भने बिहान १० बजेसम्म खोल्न दिइनेछ ।

बैठकले सप्तरीको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा यी तिन वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । केही स्थानीय तहको हकमा भने भिडभाड नगरी सामाजिक दुरी कायम गर्दै अत्यावश्यक सामग्री र सेवाका सबै पसल, प्रतिष्ठान र कार्यालय खोल्न छुट दिइने निर्णय भएको बैठकमा सहभागि नेकपा प्रदेश २ का सदस्य सुखराम यादवले जानकारी दिनुभयाे । 
यता सोमवार पनि एक जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ८ सय ६ पुगेको छ । पछिल्लो पटक जिल्लाकाे डाक्नेश्वरी नगरपालिका ९ कि एक ३२ वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको र उनलाई आइसोलेशनमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार अाजसम्ममा १४ हजार एक सय ६८ जनाको स्वाव संकलन गरिएकोमा एक हजार ६१ जनाको रिपोर्ट आउन बाँकी छ । हालसम्म परिक्षण गरिएका मध्येहरुबाट ८ सय ६ जनाको कोरोना पोजिटिभ तथा बाँकीको रिपोर्ट निगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.